त्रिभुवन विश्वविद्यालयले असार १६ गते का लागि तोकेको स्नात्तकोत्तर तहको क्वान्टम मेकानिक्स पहिलो सेमेस्टारको परीक्षा रोक्न सर्वोच्च अदालतले अन्तरिम आदेश गरेको छ। अधिवक्ता आशिष पौडेलले दर्ता गराएको रिटमा न्याायाधीश अनिलकुमार सिन्हाको एकल इजालसले यस्तो आदेश गरेको हो।
पाठ्यक्रमभन्दा बाहिरबाट प्रश्नपत्र सोधेको विषयलाई लिएर त्रिभुवन विश्वविद्यालय विज्ञान तथा प्रविधि अध्ययन संस्थानलाई विपक्षी बनाएर पौडेलले दर्ता गराएको रिटमा सर्वोच्चले त्रिविका नाममा कारण देखाउ र अन्तरिम आदेश जारी गरेको छ। २०७५ सालको परीक्षाको अवसर प्रदान गर्नु भन्ने सर्वोच्चको आदेशमा त्रिविले जम्मा ९ दिनको समय दिएर परिक्षाको सूचना निकालेको थियो।
सर्वोच्चको आदेशमा पर्सी हुने परीक्षासमेत स्थगित गर्न र यो मुद्दाको टुंगो नलागेसम्म परीक्षा सञ्चालन नगर्न त्रिभुवन विश्वविद्यालयका नाममा आदेश गरिएको छ। रिटमाथि अधिवक्ता नवराज पाण्डे, अधिवक्ता वीरभद्र जोशी र निवेदक अधिवक्ता पौडेलले बहस गरेका थिए।