मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : दीपेन्द्र ढुंगाना
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १४ मंगलबार १४:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

युएनएचसिआर कार्यालयअगाडि रोहिंग्या शरणार्थीको विरोध प्रदर्शन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १४ मंगलबार १४:३२:००

रोहिंग्या शरणार्थीले काठमाडौंस्थित संयुक्त राष्ट्रसंघीय उच्च आयुक्तको कार्यालय (युएनएचसिआर) अघि  विरोध प्रदर्शन गरेका छन् । उनीहरूले संयुक्त राष्ट्रसंघले जारी गरेको मानव अधिकारसम्बन्धी विश्वव्यापी घोषणापत्र सन् १९८४ ले उल्लेख गरेका अधिकारको माग गर्दै आन्दोलन गरेका हुन् । 

विश्वव्यापी घोषणापत्रमा आर्थिक, सामाजिक, सांस्कृतिक र बालबालिकाको अधिकार सुनिश्चित गर्नुपर्नेलगायतका माग गरेका छन् । म्यानमार, श्रीलंका, पाकिस्तान, अफगानिस्तान, सोमालिया, नाइजेरियालगायतका देशबाट नेपालमा शरणार्थीका रूपमा आएका उनीहरूले युएनएचसिआरले चासो नदिएको गुनासो गरे । 

युएनएचसिआरले आर्थिक तथा सामाजिक गतिविधिहरूमा चासो नदिँदा मानव अधिकारको हनन भएको उनीहरूको भनाइ छ । प्रदर्शनकारीहरूले सोमबार प्रहरी प्रशासनबाट महिला, बालबालिका कसैको पर्वाह नगरी लाठीचार्ज गरेर निर्दयको भाव देखाएको बताए ।

श्रीलंकाबाट नेपालमा आई शरणार्थीको रूपमा बसोवास गरिरहेका सुरेशकुमार राजेश्वरले २०१५ सम्म सहयोग गरे पनि युएनएचसिआरले पछिल्लो समय बेवास्ता गरिरहेको बताए । उनले बालबालिकालाई निजी विद्यालयमा पढ्नबाट वञ्चित गरेको र बस्न पनि समस्या रहेकाले यो समस्या समाधान गर्न आफू प्रदर्शनमा आउनुपरेको बताए ।  

युएनएचसिआरले खान, बस्न र बालबालिकाको अध्ययनका लागि आर्थिक सहयोग गर्दै आइरहे पनि पछिल्लो समय सरकारी विद्यालयमा बालबालिकालाई पढाउनुपर्ने र आफूलाई दिइने रकम पनि दिन छोडेको गुनासो गरे ।