Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १४ मंगलबार १२:२१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मौसममा सुधार आएसँगै आन्तरीक उडान सूचारु 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १४ मंगलबार १२:२१:००

भारी वर्षाका कारण मंगलबार विहानैदेखि प्रभावित हवाई सेवा सुचारु भएको छ। मौसममा सुधार आएसँगै केहिबेर अघिदेखि उडान सञ्चालनमा आएको त्रिभुवन अन्तर्राट्रिय विमानस्थलका डोमेस्टिक इन्चार्ज पूर्ण चुडालले जानकारी दिए।

उनका अनुसार वर्षासँगै कुहिरो लागेका कारण उडान केहिबेर बन्द गर्नुपर्नेको हो। मौसममा सुधार आएसँगै अहिले काठमाडौंबाट हुने गरिने सबै रुटका उडान सुरु भइसकेको छ। देशभरी नै मुसलधारे वर्षा भइरहेको र केहि स्थानमा कुहिरो लाग्ने जानकारी जल तथा मौसम विज्ञान विभागले गराएपछि त्रिभुवन अन्तर्राट्रिय विमानस्थल हुँदै देशका विभिन्न भागका गरिने आन्तरीक उडान बन्द भएका थिए।

विराटनगर, भैरहवा,  धनगढी, सुर्खेत, पोखरा, तुम्लिङटारलगायतका उडानहरू बन्द भएका थिए। मौसममा सुधार आएसँगै उडान सञ्चालनमा आएको चुडालले जानकारी दिए। ‘अहिले सबै उडान सुरु भएका छन्,’उनले भने, ‘पानी मात्रै पर्दा विमानस्थल बन्द हुने होइन, भिजिविलिटी ‘लो’ भयो वा कुहिरो लाग्यो भने बन्द हुने हो।’ उनले सामान्यतया वर्षा भइरहे पनि उडान नरोकिने बताए। तर हावाहुरी र कुहिरो लागेको बेला भने आन्तरीक उडान रोकिने छ।