मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १४ मंगलबार ०६:२५:००
Read Time : < 1 मिनेट
साहित्य डिजिटल संस्करण

अनेसासको अध्यक्षमा संगमकाे उम्मेदवारी घोषणा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १४ मंगलबार ०६:२५:००

अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास) काे केन्द्रीय कार्यसमितिको अध्यक्षमा साहित्यकार सुनील संगमले उम्मेदवारी घोषणा गरेका छन् । हाल बेलायतमा रहेका संगमले आफूले विगतमा इजरायल र पोर्चुगल च्याप्टरको अध्यक्ष भएर काम गरिसकेको र हाल उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरेकाले आफू अध्यक्षको दाबेदार रहेको जनाएका छन् ।

‘अन्तर्राष्ट्रिय नेपाली साहित्य समाज (अनेसास)काे केन्द्रीय कार्यसमितिको २०२२–२०२४ का लागि हुन गइरहेको निर्वाचनमा मैले अध्यक्ष पदमा आफ्नो उम्मेदवारी दिएको सहर्ष जानकारी गराउँदछु । २००८ देखि इजरायल र पोर्चुगल च्याप्टरको अध्यक्ष हुँदै हालको दुई कार्यकाल केन्द्रीय उपाध्यक्षको जिम्मेवारीमा रहेर काम गरिसकेको लामो अनुभव अनि यहाँहरूको अमूल्य सल्लाह सुझावअनुरूप आगामी दिनहरूमा काम गर्ने प्रण गर्दै यहाँहरूको साथ, सहयोग र आशीर्वादका लागि विनम्र अनुरोध गर्दछु,’ उनले सामाजिक सञ्जालमा लेखेका छन् । 

अनेसासको नयाँ नेतृत्व चयनका लागि यही असार २५ गते निर्वाचन हुँदै छ । निर्वाचनमा विश्वभर छरिएर रहेका अनेसास च्याप्टरका सदस्यहरूले अनलाइन भोटिङ गरेर नयाँ नेतृत्व चुन्नेछन् ।