मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार २१:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

विप्लव निकट अखिल क्रान्तिकारीको महासचिवमा वि.क.

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार २१:३१:००

नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टीको विद्यार्थी संगठन अखिल (क्रान्तिकारी) को महासचिवमा ललित वि.क. चयन भएका छन् । संगठनको चौंथो पूर्ण बैठकले विकलाई महासचिवमा चयन गरेको हो। 

बैठकले सचिवको जिम्मेवारी प्रकाश जप्रेल र कोषाध्यक्षको जिम्मेवारी प्रतिमा चौधरीलाई दिएको छ। त्यस्तै, बैठकले शिक्षा र स्वास्थ्यमा गरिएको चरम व्यापारीकरण र माफियाकरणविरुद्ध संघर्ष केन्द्रित गर्ने निर्णय गरेको संगठनले जनाएको छ।

समान, निःशुल्क, वैज्ञानिक र अनिवार्य शिक्षाको लागि दबाबमूलक संघर्ष सञ्चालन गर्ने, सरकारी तथा सामुदायिक विद्यालयमा आर्थिक कारणले भाषामा गरिएको विभेदबारे संघर्ष गर्ने निर्णयसमेत बैठकले गरेको छ ।

संगठनका नवनियुक्त महासचिव विकले संगठनले दुरगामी निर्णय लिएको भन्दै आगामी दिनमा विद्यार्थी आन्दोलनको साख जोगाउने गरी काम गर्ने प्रतिबद्धता जनाए। ‘अखिल क्रान्तिकारी लाखौँ विद्यार्थीहरूको नेतृत्व गर्ने संगठन हो । विद्यार्थी मात्रै होइन, विद्यार्थीका अभिभावकका समस्या पनि हाम्रा समस्या हुन् भन्ने मान्यता हाम्रो संगठनले राख्छ । राज्यले मनपरी ढंगले आममान्छेको जीवनमा असर पर्ने गरी काम गरिरहेको छ । त्यसविरुद्ध संगठनले कठोर संघर्ष गर्नेछ,’ उनले भने। 
अध्यक्ष विकले विद्यार्थी आन्दोलन सिंहदरबारमा बिक्री भइरहेको भन्दै अब यसलाई सडकमा ल्याउने पनि बताए ।