Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १३ सोमबार १८:३१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

बागबजार, डिल्लीबजार र सानेपाको पानीमा प्रदूषण भेटियो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १३ सोमबार १८:३१:००

एपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका निर्देशक चुमनलाल दासले हैजाबाट बच्न आमनागरिक नै सजग रहनुपर्ने बताएका छन् । सोमबार सिंहदरबारमा बसेको शिक्षा तथा स्वास्थ्य समितिको बैठकमा बोल्दै उनले हैजाबाट बच्न आमनागरिक र सरोकारवाला निकायहरू सजग रहनुपर्ने आवश्यकता रहेको बताएका हुन् । उनले अहिलेसम्म महाशाखाले परीक्षण गरेको ३ ठाउँको पानी प्रदूषित देखिएको बताए । 

निर्देशक दासले तीन ठाउँमध्ये ललितपुरको सानेपा, काठमाडौंको बागबजार र डिल्लीबजारमा गरिएको पानी परीक्षणमा प्रदूषित पानी फेला परेको बताएका हुन् । उनले कोटेश्वर र बल्खुको पानीको स्याम्पल लिइसकेको र परीक्षणका क्रममा रहेको जानकारी दिए । त्यस्तै, बुढानीलकण्ठ नगरपालिकाले महाशाखाको सहयोगमा गरेको परीक्षणमा पनि प्रदूषण फेला परेको उनले बताए । 

‘वाटर क्वालिटी सर्भिलेन्स’मा अहिलेसम्म बागबजार, डिल्लीबजार र सानेपाको रिपोर्ट आइसकेको छ । तीनै ठाउँको रिपोर्टमा स्टोर गरेर राखेको पानी दूषित भएको भेटिएको छ । सानेपामा ६२ प्रतिशत पानी प्रदूषित भेटिएको छ,’ निर्देशक दासले भने ।  परीक्षण गरिएका पानीका नमुनाको के कारणले प्रदूषित भएको हो भन्न नसकिने अवस्था रहेको उनले बताए । सरकारले यसको न्यूनीकरणका लागि आवश्यक काम गरिरहेको पनि बताए । उनले पानी उमालेर खाने, पानीमा क्लोरिन तथा पीयूष हालेर खाएमा पनि हैजाबाट बच्न सकिने बताए ।

निर्देशक दासले बागबजारमा देखिएको हैजाको केस गम्भीर प्रकृतिको रहेको पनि बताए । उनले  सरकारले हैजा फैलिनबाट रोक्न विभिन्न कदम चालिरहेको र अस्पतालहरूलाई तयारी अवस्थामा बस्न पनि भनेको बताए ।