मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार १३ सोमबार १८:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नेप्से परिसूचक २३.८५ अंकले गिरावट

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार १८:११:००

साताको पहिलो दिन आइतबार ९४.९२ अंकले बढेको नेप्से परिसूचक गिरावट आएको छ । लामो समय ओरालो लागिरहेको नेप्से आइतबार एक्कासि उच्च अंकले बढेको थियो तर सोमबार नेप्से परिसूचक २३.८५ अंक घटेर १९३३.१३ बिन्दुमा झरेको हो। 

त्यस्तै, सेन्सेटिभ इन्डेक्स ७.०२ अंक घटेको छ भने फ्लोट इन्डेक्स १.९२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स २.६४ अंकले घटेको छ । सोमबार कारोवारमा आएका २२९ कम्पनीको ५६ लाख ४१ हजार कित्ता सेयर २ अर्ब ४ करोड ४८ लाख ३१ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको छ। 

आइतबारको तुलनामा नेप्सेसँगै कारोवार रकमसमेत गिरावट आएको छ । आइतबार २ अर्ब १९ करोड ६१ लाख ४१ हजार रुपैयाँबराबरको खरिदबिक्री भएको थियो। नेप्सेका १३ उपसमूहमध्ये दूई उपसमूहको परिसूचक बढेको छ भने बाँकी ११ उपसमूहको परिसूचकमा गिरावट आएको छ । जसमा लगानी र जीवन बिमा उपसमूहको परिसूचक १ प्रतिशतभन्दा बढी बढेको छ । त्यस्तै, विकास बैंक उपसमूहको परिसूचक सबैभन्दा धेरै ३.५१ प्रतिशत घटेको छ ।