१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १३ सोमबार ०९:५०:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

झापामा बोराभित्र शव भेटियो

Read Time : < 1 मिनेट
२०७९ असार १३ सोमबार ०९:५०:००

झापामा बोराभित्र शव फेला परेको छ । अर्जुनधारा- ४ सहासी टोलस्थित एक पैनीको कल्भर्टमा एक पुरुषको शव भेटिएको हो  । उनको पहिचान हुन नसकेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रमुख प्रहरी नायब उपरीक्षक रुगम कुँवरले जानकारी दिए । शव केही दिनअघिको जस्तो देखिएको उनले बताए । ‘स्थानीयले खबर गरेपछि आइतबार साँझ पुग्दा शव भेट्यौँ,’ उनले भने, ‘बोराभित्र बोराको मुख बाँधेर शव कल्भर्टमा फालिएकाले हत्या आशंका गर्न सकिन्छ ।’

मृत भेटिएका व्यक्तिको टाउकोमा चोट देखिएको प्रहरीले जनाएको छ । उनको दुवै कुममा आरएन लेखिएको ट्याटु देखिएको डिएसपी कुँवरले जानकारी दिए ।

शवलाई पोस्टमार्टमका लागि धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान पठाइएको छ । घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।