मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १३ सोमबार ०९:४२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

आइजिपी नियुक्तिविरुद्धको रिटमा आज सुनुवाइ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १३ सोमबार ०९:४२:००

नेपाल प्रहरीको प्रहरी महानिरीक्षक (आइजिपी) मा धीरजप्रताप सिंहलाई बढुवा गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा दायर भएको रिटमा आज सुनुवाइ हुँदै छ । असार ५ गते सुनुवाइ भएको मुद्दा सोमबारका लागि हेर्दाहेर्दैमा राखिएको थियो ।

कायममुकायम प्रधानन्यायाधीश दीपककुमार कार्की र न्यायाधीश कुमार चुडालको इजलासमा सुनुवाइ भइरहेको छ । सिंहलाई प्रहरी महानिरीक्षक बनाउने सरकारको निर्णयविरुद्ध दायर रिटमा जेठ १७ गतेदेखि अन्तिम सुनुवाइ सुरु भएको थियो । आफूभन्दा जुनियरलाई आइजिपी बनाइएको भन्दै एआइजी पोखरेलले ०७९ वैशाख १९ सर्वोच्चमा रिट दायर गरेका थिए ।