१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
२०७९ असार १३ सोमबार ०८:३६:००
Read Time : > 1 मिनेट
स्वास्थ्य र जीवनशैली डिजिटल संस्करण

हृदयाघात भइहाले के गर्ने ? (भिडियोसहित)

Read Time : > 1 मिनेट
२०७९ असार १३ सोमबार ०८:३६:००

संसारभर हृदयाघातका बिरामीको संख्या बढ्दो छ । त्यसबाट नेपाल अछुतो छैन । व्यायामको कमी तथा बदलिएको खानापान र जीवनशैलीका कारण बर्सेनि हृदयाघातको ग्राफ उकालो लागिरहेको छ । ज्यानै जान सक्ने यो समस्या कसरी आउन नदिने ? हृदयाघात भएको कसरी थाहा पाउने ? अनि, हृदयाघात भइहाले के गर्ने ? जानौँ, मनमोहन कार्डियो भास्कुलर सेन्टरका वरिष्ठ मुटुरोग विशेषज्ञ डा. रत्नमणि गजुरेलबाट । 

हृदयाघात भएको कसरी थाहा पाउने ?
कोही व्यक्तिलाई हृदयाघात भइहाले भने वा भएको शंका लागे तत्कालै अस्पताल जानुपर्छ । छातीको मध्य भाग तथा दायाँबायाँ दुख्यो भने हृदयाघात भएको हुन सक्छ । त्यो दुखाइ सहन गाह्रो हुने किसिमको हुन्छ । आराम गर्न खोज्दा पनि आराम हुँदैन । देब्रे कुहिना वा कुमतिर दुखाइ बढी हुन्छ । उक्त दुखाइ चिउडो अथवा कानसम्म पनि सरेर जान सक्छ । त्यो दुखाइ हुँदा बिरामीलाई लुगा भिज्ने गरी पसिना आउँछ । कसैलाई वाकवाक् हुने हुन्छ भने कसैलाई बान्ता पनि हुने हुन्छ । योचाहिँ हृदयाघातको लक्षण हुन सक्छ । 

हृदयाघात भइहाले के गर्ने ?
यी लक्षण देखिए भने अस्पताल आउनु वा पुग्नुअघि बिरामीले मलाई हृदयाघात पनि भएको हुन सक्छ भन्ने सोचेर अलि सहज पोजिसनमा बस्नुपर्छ । तनाव लिनुहुँदैन । सक्दो छिटो अस्पताल पुग्ने र इस्प्रिन भन्ने औषधि चपाउनुपर्छ । यसले हृदयाघातलाई रोक्न नसके पनि हृदयाघातबाट हुन सक्ने मुटुको अन्य ड्यामेज रोक्न सक्छ । त्यस्तै, बिरामीलाई सकेसम्म सहज पोजिसनमा राख्नुपर्छ । तनाव कम लिँदा र आरामले बस्दा मुटुमा हृदयाघातले दिने असरलाई कम गर्न सकिन्छ । कतिपयले लामो लामो सास लिने, अभ्यास गर्ने गर्दा मुटु क्षति हुनबाट जोगाउन सकिन्छ भन्ने गरेको पनि पाइन्छ ।

 हृदयाघातको वेलामा शारीरिक व्यायाम गर्नुहुँदैन । छिटो–छिटो सास फेर्नेजस्ता गतिविधि गर्नुहुँदैन । उक्त अवस्थामा मुटुलाई असर पर्ने किसिमका गतिविधि गर्नुहुँदैन । शान्त भएर र आराम गरेर बस्नुपर्छ । मुटुलाई दह्रो बनाउनुपर्छ । आनन्द लिनुपर्छ । हृदयलाई घात भएको वेला मुटुलाई भार पर्ने गरी कुनै काम गर्नुहुँदैन । 

हृदयाघात किन हुन्छ ?
नेपालमा मात्रै होइन, अन्य देशहरूमा पनि अहिले हृदयाघातका बिरामीको संख्या बढ्दो छ । सामान्यतया मुटुको धमनी साँघुरो भयो भने हृदयाघात हुन सक्छ । मुटुको धमनीमा समस्या भयो भने हृदयाघात सुरु हुन सक्छ । त्यसले कतिपयलाई पूर्वसंकेत पनि गर्छ । तर, कतिपयलाई झुक्याउँछ पनि । मुटुको धमनीलाई नै असर गर्ने भएकाले हृदयाघात डरलाग्दो मानिन्छ । मुटुको धमनीमा समस्या आउनुका धेरै कारण छन् । यसमा परिवर्तन गर्न सक्ने कारण पनि छन् र नसक्ने कारण पनि छन् । जस्तो, एउटा उमेर हुँदै गएपछि मुटुका धमनीहरूमा बोसोको लेदो जम्मा हुन थाल्छ । जसले गर्दा नसाहरू साँघुरिन सक्छन् । त्यो एउटा उमेरको कारणले हुन्छ । पुरुष ४० वर्षभन्दा माथि र महिला ५५ वर्ष हाराहारी पुगेपछि यो समस्या आउन सक्छ । कसैलाई वंषाणुगत रूपमा पनि मुटुको धमनीसम्बन्धी समस्या हुन सक्छ । 

हृदयाघात किन बढिरहेको छ ?
हृदयाघात दुई चरणमा देखा पर्न सक्छ । एउटा चरणलाई प्रिहृदयाघात मान्न सकिन्छ भने अर्कोलाई तत्काल हृदयाघात हुन सक्ने अवस्था मान्न सकिन्छ । यो खालको हृदयाघातलाई चाहिँ कोरोनरी आट्रिट डिजिज भन्छौँ । यस किसिमको हृदयाघात अहिलेको बढ्दो रहनसहन र खानपानले पनि निम्त्याइरहेको पाइन्छ । अर्थात् हाम्रो खानपानकै नमिलेकै कारण हृदयाघात हुन्छ ।