मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार ०८:३९:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुबिसुको ‘घरघरमा’ अभियान सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार ०८:३९:००

इन्टरनेट सेवाप्रदायक कम्पनी सुबिसुले ‘सुबिसु घरघरमा’ नामक अभियान सुरु गरेको छ । कम्पनीले आफ्नो सेवा तथा प्याकेजको विषयमा जानकारी दिने उद्देश्यले नयाँ अभियान सुरु गरेको हो । 

अभियानमा कपन, बालाजु, न्युरोड, जोरपाटी, बुढानीलकण्ठ, लेलेलगायतका क्षेत्रमा सुबिसुको टिमले आफ्ना प्याकेजहरूबारेमा जानकारी दिँदै घरदैलो सम्पन्न गरिसकेको जनाएको छ । घरदैलोका क्रममा छुटेका ग्राहकले आफ्नो नजिकैको ‘मिटिङ प्वाइन्ट’मा सम्पर्क राख्न सक्ने कम्पनीले उल्लेख गरेको छ ।

अभियान सञ्चालन हुने स्थानका घरदैलोमा पुगेर कम्पनीका कर्मचारीहरूले आफ्नो सेवाबारे जानकारी दिइरहेका छन् । आइप्लेक्स मल नयाँ बानेश्वरबाट सुरु गरिएको ‘मिटिङ प्वाइन्ट’ क्रमशः काठमाडौं उपत्यकाका अन्य मुख्य–मुख्य स्थानहरूमा समेत राखिने कम्पनीले जनाएको छ । 

अभियानअन्तर्गत विभिन्न स्थानमा दुई दिनसम्म सुबिसुका ‘मिटिङ प्वाइन्ट’ राखिने जनाइएको छ । ‘मिटिङ प्वाइन्ट’मा गएर नयाँ कनेक्सन लिने १० जना ग्राहकलाई लक्की ड्रबाट ३५ प्रतिशत छुट उपलब्ध गराउने कम्पनीले जनाएको छ ।

साथै, त्यहाँ पुग्ने सेवाग्राहीलाई समावेश गरी साप्ताहिक लक्की ड्रसमेत गरिने र त्यसबाट दुईजना ग्राहकलाई निःशुल्क एक सय ५० एमबिपिएस इन्टरनेट कनेक्सन उपलब्ध गराइने कम्पनीले जनाएको छ ।