मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार ०७:५६:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फाइनलमा अपन राधेमाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार ०७:५६:००

अपन राधेमाई युथ क्लब यू–१६ नेक्सस कप टी–२० क्रिकेट सिजन–५ को फाइनलमा प्रवेश गरेको छ । मूलपानी क्रिकेट मैदानमा राधेमाईले घोडाघोडी क्रिकेट एकेडेमी कैलालीलाई ९० रनको फराकिलो अन्तरले हराउँदै अन्तिम दुई स्थान पक्का गरेको हो । 

पहिलो ब्याटिङ गरेको राधेमाईले निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय २९ रन खडा ग¥यो । राधेमाईका सागिर मियाले ३० रन, सजित अख्तर हवारीले २८ रन र सफ्वान अलीले १९ रन बनाए ।

प्रत्युत्तरमा घोडाघोडी १२.४ ओभरमा पूरै विकेट गुमाउदै मात्र ३९ रनमा खुम्चियो । बागमती प्रदेश खेलकुद विकास परिषद्को आयोजनामा जारी प्रतियोगिताको अर्को सेमिफाइनल सोमबार हुनेछ ।