१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १४ शुक्रबार
  • Friday, 26 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १३ सोमबार ०७:४५:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

शिवराज र जयरानी उत्कृष्ट खेलाडी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १३ सोमबार ०७:४५:००

४४औँ राष्ट्रिय एथलेटिक्स प्रतियोगितामा पुरुषतर्फ एपिएफका शिवराज पार्की तथा महिलामा नेपाल आर्मीकी जयरानी थारू उत्कृष्ट खेलाडी घोषित भएका छन् ।

प्रतियोगितामा शिवराजले तीन स्वर्ण र एक रजत जिते । जयरानीले दुई कीर्तिमानीसहित चार स्वर्ण हात पारिन् । जयरानीले थप एक रजत पनि जितिन् । जयरानीले एक सय र चार सय मिटर हर्डल्समा कीर्तिमान बनाइन् ।

प्रतियोगितामा कुल तीन राष्ट्रिय कीर्तिमान बने । नेपाल आर्मीले सर्वाधिक १८ स्वर्ण, १२ रजत र पाँच कांस्य जित्दै टिम च्याम्पियन बनेको छ । नेपाल एथलेटिक्स संघको आयोजनामा त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको प्रतियोगितामा एपिएफ क्लब नौ स्वर्ण, ६ रजत, आठ कांस्यसाथ उपविजेता बन्यो ।

तेस्रो स्थानमा रहेको बागमती प्रदेशले तीन स्वर्ण, दुई रजत र ६ कांस्य हात पा¥यो ।