मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १२ आइतबार १९:४१:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

प्रधानमन्त्रीबाट मन्त्रिपरिषद् पुनर्गठन, एकीकृत समाजवादीबाट नयाँ मन्त्री थपिए

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १२ आइतबार १९:४१:००

प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् पुनर्गठन गरेका छन् । नेकपा (एकीकृत समाजवादी) ले आफ्नो पार्टीबाट मन्त्री भएकाहरूलाई फिर्ता बोलाएर मन्त्रीहरूको नयाँ नाम सिफारिस गरेपछि प्रधानमन्त्री देउवाले सोहीअनुसार मन्त्रिपरिषद् हेरफेर गर्न राष्ट्रपतिलाई सिफारिस गरेका थिए । राष्ट्रपति कार्यालयले आइतबार बेलुका विज्ञप्ति जारी गर्दै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्रीको सिफारिसअनुसार मन्त्रिपरिषद् पुनर्गठन गरेको जनाएको छ । 

२२ जेठमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट गठबन्धनमा सामेल मन्त्रीहरूको टिम नै फेरबदल गर्ने निर्णय गर्दै नयाँ मन्त्रीहरूको नाम सिफारिस गर्ने जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको थियो । लगत्तै अध्यक्ष नेपालले सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर, स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन प्रधानमन्त्री देउवालाई सूची बुझाएका थिए । सोहीअनुसार मन्त्रिपरिषद् पुनर्गठन भएको छ । 

राष्ट्रपति कार्यालय स्रोतले नयाँ मन्त्रीहरूको शपथ भोलि हुने जनाएकाे छ । 

No description available.No description available.