मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १२ आइतबार १९:०७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

मन्त्रिपरिषद् आजै हेरफेर नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्छाैँ : खनाल

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १२ आइतबार १९:०७:००

एकीकृत समाजवादीका सम्मानित नेता झलनाथ खनालले नयाँ मन्त्रीको शपथ आइतबार नै नभए प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नुकाे विकल्प नरहेकाे बताएका छन् । आइतबार प्रतिनिधिसभाको बैठकपछि सञ्चारकर्मीहरूसँग बौल्दै सम्मानित नेता खनालले यस्तो बताएका हुन् । 

सम्मानित नेता खनालले प्रधानमन्त्री शेरबहादुर देउवाले आज मन्त्रिमण्डल हेरफेर गर्नुपर्ने र पार्टीका केन्द्रीय, पोलिटब्युरो र सचिवालय बैठकले गरेको निर्णयलाई अस्वीकार गरे गम्भीर कदम चाल्ने चेतावनी दिए। उनले आफूसँग अब पनि मन्त्रिमण्डल हेरफेर नगरेमा प्रधानमन्त्रीविरुद्ध गम्भीर कदम चाल्नुबाहेकको विकल्प नभएको बताए । 

 ‘नयाँ मन्त्रीले सकेसम्म आज शपथ खानुपर्छ । प्रधानमन्त्रीले आज कदम चाल्नुपर्छ । आज पनि कदम चाल्नुभएन, ढिला भयो भने प्रधानमन्त्रीको बारेमा पनि हामीले के गर्नुपर्ने भन्ने सोच्नुपर्छ,’ उनले भने । पार्टीको सचिवालय, स्थायी कमिटी, पोलिट ब्युरो तथा केन्द्रीय कमिटीले गरेको निर्णयलाई प्रधानमन्त्री देउवाले अस्वीकार गरे आफूहरूले थप गम्भीर कदम चाल्नुबाहेक अर्को विकल्प नभएको बताए । ‘हामीले निर्णय गरिसकेका छौँ । एकैपटक कार्यान्वयन हुन्छ, कार्यान्वयन जसले गर्नुहुन्छ,धन्यवाद दिन्छौँ, कार्यान्वयन नगर्नेलाई पार्टीले विधानबमोजिम कारबाही गर्छ ।’

सम्मानित नेता खनालले मुख्यमन्त्री फेरबदलको विषय सुरुवाती सम्झौताबमोजिम हुने पनि बताउनुभयो ।