मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
प्रेम गौतम काठमाडाैं
२०७९ असार १२ आइतबार १८:१६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भाेलि ११ बजेपछि नयाँ मन्त्रीहरूको शपथ

Read Time : < 1 मिनेट
प्रेम गौतम, काठमाडाैं
२०७९ असार १२ आइतबार १८:१६:००

एकीकृत समाजवादीबाट सरकारमा सहभागी हुन लागेका मन्त्रीहरूको शपथ भोलि हुने भएको छ। प्रधानमन्त्रीनिकट स्रोतका अनुसार सोमबार ११ बजेपछि शपथ गराउने तयारी छ ।

आइतबार नै मन्त्री फेरबदलको तयारी गरिए पनि स्वास्थ्यमन्त्री विरोध खतिवडाले सोमबार राष्ट्रिय सभामा आगामी बजेटमाथि विषयगत छलफलकाे जवाफ दिने भएकाले शपथग्रहणकाे कार्यक्रम सोमबारका लागि सारिएको स्रोतले जानकारी दिएको छ।

‘सोमबार ११ बजेपछिको समयमा शपथ गराउने तयारी छ,’ स्रोतले नयाँ पत्रिकासँग भन्यो। राष्ट्रपति कार्यालय स्रोतले पनि नयाँ मन्त्रीहरूको शपथ भोलि हुने पुष्टि गरेको छ । 

२२ जेठमा बसेको एकीकृत समाजवादीको सचिवालय बैठकले पार्टीका तर्फबाट गठबन्धनमा सामेल मन्त्रीहरूको टिम नै फेरबदल गर्ने निर्णय गर्दै नयाँ मन्त्रीहरूको नाम सिफारिस गर्ने जिम्मेवारी अध्यक्ष नेपाललाई दिएको थियो । लगत्तै अध्यक्ष नेपालले सहरी विकासमन्त्रीमा मेटमणि चौधरी, संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमा जीवनराम श्रेष्ठ, श्रम तथा सामाजिक सुरक्षामा शेरबहादुर कुँवर,स्वास्थ्यमन्त्रीमा भवानी खापुङ र हिराचन्द्र केसीलाई स्वास्थ्य राज्यमन्त्री बनाउन प्रधानमन्त्री देउवालाई सूची बुझाएका थिए ।