१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १२ आइतबार १८:१५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गुल्मीको अग्लुङ माविका छात्राहरू बेहोस हुन थालेपछि विद्यालय बन्द

Read Time : < 1 मिनेट
२०७९ असार १२ आइतबार १८:१५:००

गुल्मीको मदाने गाउँपालिका वडा नं १ स्थित अग्लुङ माध्यमिक विद्यालय एक सातालाई बन्द गरिएको छ । लामो समयदेखि विद्यालयमा अध्ययनरत छात्राहरू काम्ने, चिच्याउने र बेहोस हुने समस्या देखिएपछि विद्यालय व्यावस्थापन समितिको निर्णयअनुसार आइतबारदेखि विद्यालय बन्द गरिएको प्रधानाध्यापक भविलाल खत्रीले जानकारी दिए । 

विद्यार्थीहरूको समस्या बल्झिँदै गएपछि शुक्रबार मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मी र प्रमुख जिल्ला अधिकारी पुण्यविक्रम पौडेलसहितको टोली अग्लुङ पुगेको थियो । टोलीले विद्यार्थी, अभिभावक र शिक्षकसँग छलफल गरेको थियो । मनोरोग विशेषज्ञ डाक्टर असिम रेग्मीले शिक्षकलाई बालबालिकाको समस्यामा मनोसामाजिक परार्मश कसरी गर्ने भन्ने विषयमा जानकारी गराएका थिए । साथै, रेग्मी र गुल्मी अस्पतालका प्रमुख डाक्टर उत्तम पच्याले विद्यार्थीहरूसँग पनि छलफल गरेका थिए । 

डाक्टर रेग्मीका अनुसार यो समस्या किशोरीहरूमा देखिने मास हिस्टोरिया हो । किशोर अवस्थामा मनासिक तनावबाट किशोरीहरूमा मास हिस्टोरियाको समस्या देखिने रेग्मीले बताए । उनले यो सामान्य समस्या भएकाले घरपरिवार, समुदाय र विद्यालयमै नियमित मनोसामाजिक परामर्श गरे निको हुने बताए ।