मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
२०७९ असार १२ आइतबार १६:५८:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ख्याल ठट्टामा गोली चल्दा एक युवक गम्भीर घाइते

Read Time : < 1 मिनेट
२०७९ असार १२ आइतबार १६:५८:००

सिराहाको लहान नगरपालिका–२२, बेलीजटियाही टोलमा गोली प्रहारबाट एक युवक गम्भीर घाइते भएका छन् । इलाका प्रहरी कार्यालय लहानले बिहान करिब ९ बजे गोली लागेर स्थानीय १८ वर्षीय दिलीप मुखिया घाइते भएको जनाएको छ । पेटमा गोली लागेर गम्भीर घाइते भएका मुखियाको थप उपचारको लागि विपि कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको इलाका प्रहरी कार्यालय लहानका इन्चार्ज डिएसपी कुमारप्रसाद मैनालीले बताए । 

मुखियासहित स्थानीय १९ वर्षीय सुशान्त चौधरी र १५ वर्षीय सुरज मुखिया स्थानीय रवीन्द्र चौधरीको घरमा बसेका थिए । सुशान्तले अवैध रूपमा राखिएको पेस्तोल निकालेर ख्यालठट्टा गर्दै गर्दा गोली चली दिलीपको पेटमा लागेको प्रहरीको प्रारम्भिक अनुसन्धानबाट खुलेको हो, डिएसपी मैनालीले बताए । 

बिहान करिब ९ बजे गोली चलेको भए पनि प्रहरीलाई ढिलागरी स्थानीयले खबर गरेका थिए । गोली चलेको खबर पाएलगत्तै घटनास्थल पुगेका डिएसपी मैनालीले अनुसन्धानको क्रममा घटनामा संग्लन रहेका सुशान्त र सुरज दुवैलाई पक्राउ गरिएको बताएका छन् ।

यस्तै, प्रहरी टोलीले घटनास्थलबाट कटुवा पेस्तोल १ थान, ७.६५ एमएम लेखिएको गोली ५ राउन्ड, म्यागेजिन १ थान र गोलीको खोका १ थान बरामद गरेको छ। गोली चलेको घटनाबारे थप अनुसन्धान भइरहेको डिएसपी मैनाली बताए ।