१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १२ आइतबार १४:०६:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

कक्षा आठसम्मको दिवाखाजाका लागि बजेट नआएकोमा शिक्षामन्त्री पौडेलको गुनासो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १२ आइतबार १४:०६:००

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री देवेन्द्र पौडेलले कक्षा आठसम्मको दिवाखाजाका लागि अर्थ मन्त्रालयले बजेट नदिएको गुनासो गरेका छन् । आइतबार राष्ट्रिय सभाको बैठकमा विनियोजन विधेयक, २०७९ अन्तर्गत सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदै शिक्षामन्त्री पौडेलले यस्तो बताएका हुन् ।

सरकारले आगामी आर्थिक वर्षका लागि प्रस्तुत गरेको नीति तथा कार्यक्रममा कक्षा आठसम्म दिवाखाजा पुर्‍याइने भनिए पनि बजेट प्रस्तुत हुँदा कक्षा आठसम्म पुर्‍याउने गरी हाललाई ६ कक्षासम्म भन्ने भाषाको प्रयोग गरिएको उनले बताए। यो गल्ती मन्त्रालयको तर्फबाट नभएको उल्लेख गर्दै उनले यसप्रकारका सबै त्रुटिहरू सच्याउन आवश्यक रहेको बताए।

‘दिवाखाजा हामीले कक्षा आठसम्म नै भनेर पठाएका थियौँ । ६ सम्म थपिएर आएको हुँदा खुसी व्यक्त गर्दछु । तर, कक्षा आठसम्म हामीले गरेको प्रस्ताव आएन । अर्थ मन्त्रालयले पनि बजेट कमी भयो भनेको छ । नीति तथा कार्यक्रममा आयो, बजेटमा आएन । बजेटमा आठसम्म पुर्‍याउने गरी हाललाई यो वर्ष ६ भन्ने भाषामा आयो । यो मन्त्रालयको तर्फबाट भएको त्रुटिभन्दा पनि यसप्रकारका त्रुटिहरू समग्र सच्याउनुपर्छ भन्ने कुरा जायज छ,’ उनले भने ।

मन्त्री पौडेलले शिक्षासम्बन्धी हरेक कुरा डिजिटल बनाउन मन्त्रालय प्रतिबद्ध रहेको बताए । उनले सबै क्षेत्रमा पेपरलेस प्रविधि अघि बढाउने कुरा मन्त्रालयको प्राथमिकतामा रहेको उल्लेख गरे ।