१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
२०७९ असार १२ आइतबार १०:४२:००
Read Time : > 1 मिनेट
समाचार डिजिटल संस्करण

काठमाडौं वर्ल्ड स्कुलको ओपन हाउसमा रमाए एसइईका विद्यार्थी

Read Time : > 1 मिनेट
२०७९ असार १२ आइतबार १०:४२:००

काठमाडौं वर्ल्ड स्कुल गुन्डु भक्तपुरले स्कुलमा गरेको एकदिने ओपन हाउस २०२२ कार्यक्रममा एसइई दिएर बसेका विद्यार्थी रमाएका छन् ।  एसइई दिएर बसेका विद्यार्थीलाई लक्षित गर्दै गरेको कार्यक्रममा विद्यार्थी विशेष गरेर कन्सर्टमा रमाएका हुन् ।

एसइई दिएर बसेका विद्यार्थीलाई एसइईपछिको दिशानिर्देश दिनुका साथै मनाेरञ्जन दिलाउन कार्यक्रमको आयोजना गरिएको थियो । काठमाडौं वर्ल्ड स्कुलकी मार्केटिङ एन्ड एडमिसन प्रमुख आरती आचार्यले कार्यक्रममा काठमाडौं, ललितपुर, भक्तपुरसहित उपत्यकाबाहिरका विभिन्न जिल्लाका विद्यार्थी सहभागी भएको बताइन् । उनका अनुसार पुननपुग एक हजार विद्यार्थी कार्यक्रममा सहभागी भएका छन् ।

एसइई दिएर बसेका विद्यार्थीलाई प्रवेशपत्रको आधारमा निःशुल्क प्रवेश गराइएको थियो ।  कार्यक्रममा सहभागी हुन काठमाडौं, ललितपुर र भक्तपुरबाट आउन चाहने एसइई दिएर बसेका विद्यार्थीलाई निःशुल्क बसको व्यवस्था स्कुलले गरेको थियो । काठमाडौंका लागि बानेश्वर, ललितपुरका लागि लगनखेल र मध्यपुर थिमि भक्तपुरका लागि थिमिचोकमा बिहान १० बजे गाडीको व्यवस्था रहेको थियो । साथै भक्तपुरको पाण्डुबजारबाट भने दिनभरि नै प्रत्येक आधाआधा घन्टाको फरकमा स्कुलले गाडीको व्यवस्था गरेको थियो । 

कार्यक्रममा सहभागी विद्यार्थीलाई एसइईपछि के पढ्दा उपयुक्त हुन्छ भने जानकारी गराइएको थियो । साथै उनीहरूलाई विभिन्न तरिकाबाट मनोरञ्जन दिलाइएको थियो । 

कार्यक्रममा सहभागी हुन भक्तपुरको जितपुरबाट आएकी सन्ध्या घोरासाइनीले स्कुलको भौतिक संरचना राम्रो लागेको बताइन् । उनले यहाँका भव्य भौतिक संरचनाले आफूलाई आकर्षित बनाएको बताइन् । भक्तपुरकै सल्लाघारीस्थित सैनिक आवासीय माध्यमिक विद्यालयबाट एइई दिएर बसेका उनी स्कुलमा अध्ययनका लागि बुझ्न कार्यक्रममा सहभागी भएको बताउँछिन् ।

याे स्कुल भक्तपुरको सूर्यविनायक नगरपालिका– ७ गुन्डुमा रहेको छ । यो ठाउँ अरनिको राजमार्गअन्तर्गत सूर्यविनायक चोकबाट करिब दुई किलोमिटर दक्षिण गुन्डुचोक जाने बाटैमा रहेको छ । यहाँ पुग्न कालोपत्रेसहितको फराकिलो बाटो छ । ठूलो क्षेत्रफलमा फैलिएको यो ठाउँमा स्कुलका दर्जनौँ भव्य भवनहरू रहेका छन् । 

कार्यक्रममा सहभागी हुन तराईको महोत्तरीबाट आएकाे बताउने रोशनकुमार महराले गाउँमै एसइई दिएको र अब यो स्कुलमा पढ्न चाहेको बताए । यसैका लागि आफू कार्यक्रममा सहभागी हुन आएको उनले बताए । आफूले मनोरञ्जनमाभन्दा पनि कलेजको पढाइबारे बुझेको उनले सुनाए । आफूले यहाँ विज्ञान संकाय लिएर पढ्न चाहेको उनले जनाए । स्कुलमा विज्ञान, व्यवस्थापन र ए लेभलको कक्षाहरू सञ्चालन हुन्छन् ।