मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ११ शनिबार ०९:०२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

आजको मौसम : मेघ गर्जनसहित वर्षा हुने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ११ शनिबार ०९:०२:००

शनिबार देशभर सामान्यदेखि पूर्ण बदली रही धेरै स्थानमा मेघ गर्जन–चट्याङसहित हल्कादेखि मध्यम वर्षा हुने सम्भावना छ । जल तथा मौसम विज्ञान विभागका अनुसार हाल प्रदेश नम्बर १, मधेस प्रदेश, बागमती, गण्डकी, लुम्बिनी र कर्णाली प्रदेशमा मनसुनी वायुको सामान्य प्रभाव छ भने सुदूरपश्चिममा स्थानीय वायु र पश्चिमी वायुको सामान्य प्रभाव छ ।

उक्त प्रणालीको प्रभावले प्रदेश नम्बर १, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका धेरै स्थानमा र बाँकी प्रदेशका केही स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । प्रदेश नम्बर १ को एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ । रातको समयमा पनि सोही मौसमी प्रणाली कायम रहनेछ । 

आइतबार सामान्यदेखि पूर्ण बदली रही देशभरका पहाडी भूभागका धेरै स्थानमा र बाँकी भूभागका थोरै स्थानमा मेघ गर्जन चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ । गण्डकी र कर्णाली प्रदेशका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको विभागले जनाएको छ । 

मौसम पूर्वानुमान महाशाखाको पछिल्लो विवरणअनुसार आज काठमाडौं उपत्यकाको न्यूनतम तापक्रम २० दशमलव पाँच डिग्री र अधिकतम तापक्रम २८ दशमलव आठ डिग्री सेल्सियस छ ।