Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
तस्बिर : संजित परियार/नयाँ पत्रिका
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ११ शनिबार ०८:५७:००
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

अमेरिकाले नेपाललाई फिर्ता गर्‍यो मूर्ति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ११ शनिबार ०८:५७:००

हातमा नालसहितको कमलको फूल लिएको स्वरूपको यो मूर्ति नवौँ–दशौँ शताब्दीतिर बनेको थियो । भक्तपुर नगरपालिका– ७ गोलमढी टोलस्थित वीरभद्रेश्वर मन्दिरमा स्थापित यो मूर्ति सन् १९७६ पछिका वर्षमा चोरी भई विभिन्न माध्यम हुँदै एक दातामार्फत सन् २०१५ मा अमेरिकाको कनेक्टिकटस्थित यल युनिभर्सिटी आर्ट ग्यालरीमा पुगेको थियो ।

मूर्ति नेपालको भएको दाबी प्रमाणित भएपछि २३ वैशाख ०७९ मा युनिभर्सिटीले नेपाली महावाणिज्य दूतावाससँग मूर्ति फिर्ता गर्ने समझदारीपत्रमा हस्ताक्षर गरेको थियो । सोही मूर्ति नेपाल ल्याएर हस्तान्तरण गरिएको हो । नेपालभन्दा बाहिर गैरकानुनी रूपमा निकासी भएका सांस्कृतिक सम्पदा फिर्ता हुन थालेका छन् ।

हालसम्म बेलायतबाट १९ थान, अस्ट्रियाबाट एक थान, अमेरिकाबाट २२ थान, तिब्बतबाट २८ थान, कोलकाताबाट १३ थान र जर्मनीबाट एक थान गरी ८४ थान मूर्तिहरू तथा कलावस्तुहरू विभिन्न राष्ट्रिय/अन्तर्राष्ट्रिय व्यक्ति तथा संघसंस्थाको प्रयासबाट फिर्ता भइसकेका छन् । थप अरू केही कलावस्तुहरू फिर्ताका लागि कूटनीतिक पहल भइरहेको छ ।