मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
दमक नगरपालिकाले नगरसभामा बजेट पेश गर्दै । तस्बिर : चिरञ्जीवी घिमिरे/नयाँ पत्रिका 
२०७९ असार १० शुक्रबार २१:००:००
Read Time : > 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

झापामा १४ पालिकाले बजेट ल्याए, शिवसताक्षीले ल्याउन बाँकी

Read Time : > 1 मिनेट
२०७९ असार १० शुक्रबार २१:००:००

झापामा १४ वटा स्थानीय तहले बजेट ल्याएका छन् । १५ मध्ये शिवसताक्षी नगरपालिकाले शुक्रबार बजेट ल्याउन सकेन । १६ गतेभित्र बजेट ल्याएर पास गरिसक्ने योजना रहेको शिवसताक्षी नगरपालिकाले जनाएको छ । ‘समय अभाव रह्यो । बजेटमा केही तलमाथि गर्नुपर्नेछ,’ नगरप्रमुख मेघाहाङ थोप्राले भने, ‘हामी १६ गतेसम्म बजेट ल्याएर पास गरिसक्छौँ ।’ शिवसताक्षी नगरपालिकाले शुक्रबार आर्थिक वर्ष ०७९/८० को नीति तथा कार्यक्रम भने प्रस्तुत गरेको छ ।

स्थानीय तहको निर्वाचनपछि निर्वाचित जनप्रतिनिधिले शुक्रबार आफ्नो कार्याकालको पहिलो बजेट ल्याएका हुन् । हरेक वर्षको असार १० गते बजेट ल्याउनुपर्ने कानुनी व्यवस्थाअनुसार बजेट आएको हो । तर, एउटा स्थानीय तहले भने कानुनअनुसार बजेट ल्याउन सकेन ।

आर्थिक वर्ष ०७९/८० का लागि दमक नगरपालिकाले एक अर्ब ६३ करोड ४० लाखबराबरको बजेट ल्याएको छ। झापाको ठूलो नगरपालिका मेचीनगर नगरपालिकाले एक अर्ब ३३ करोडको बजेट नगर सभामा पेस गरेको हो । झापाको सदरमुकाम रहेको भद्रपुर नगरपालिकाले ९१ करोड ३४ लाख रुपैयाँको बजेट ल्याएको छ । यस्तै, कनकाई नगरपालिकाले ७३ करोड ८५ लाख ६१ हजारबराबरको बजेट ल्याएको छ । बिर्तामोड नगरपालिकाले एक अर्ब ३८ करोड ४४ लाखबराबरको बजेट ल्याएको हो । गौरादह नगरपालिकाले ७७ करोडबराबरको बजेट ल्याएको छ । अर्जुनधारा नगरपालिकाले ७४ करोड एक लाख ५३ हजारबराबरको बजेट नगर सभामा पेस गरेको छ ।

यसैगरी, कचनकवल गाउँपालिकाले ५३ करोड ८३ लाखको बजेट ल्याएको छ । गौरीगन्ज गाउँपालिकाले ४७ करोड २८ लाख ८९ हजारको बजेट ल्याएको छ । हल्दिबारी गाउँपालिकाले ४६ करोड ४३ लाख ४४ हजारबराबरको बजेट ल्याएको हो । झापा गाउँपालिकाले ५० करोड ८१ लाखबराबरको बजेट ल्याएको छ । बुद्धशान्ति गाउँपालिकाले ५६ करोड ३३ लाख २४ हजारबराबरको बजेट ल्याएको छ । यस्तै, बाह्रदशी गाउँपालिकाले ५१ करोडबराबरको बजेट ल्याएको हो । कमल गाउँपालिकाले ७१ करोड १२ लाख ३३ हजारको बजेट ल्याएको गाउँपालिकाले जनाएको छ ।