मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १० शुक्रबार १९:५५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

चोरीमा संलग्न चारजना पक्राउ

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १० शुक्रबार १९:५५:००

काठमाडौं उपत्यकामा शृंखलाबद्ध चोरीमा संलग्नलाई प्रहरीले पक्राउ गरेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको प्रहरी टोलीले गरगहना तथा मोबाइल सेट चोरी गर्ने गिरोहलाई पक्राउ गरेको हो।

पक्राउ पर्नेहरूमा दोलखा घर भई हाल थानकोट बस्ने ३५ वर्षीय लीलानारायण श्रेष्ठ, दोलखा घर भई थली बस्ने ३९ वर्षीय वीरबहादुर श्रेष्ठ, दोलखा घर भई खुसिबु २६ वर्षीय बस्ने पुन नारायण श्रेष्ठ र खोटाङ घर भई हाल टोखा बस्ने ३९ वर्षीय सौराज गजमेर रहेका छन्।

प्रहरीका अनुसार उनीहरूले घरधनी भएको मौका पारी घरघरमा पुगेर ढोका फोडेर सुनका गरगहना तथा मोबाइल चोरी गरेको भेटिएको छ। प्रहरीले उनीहरूको साथबाट पाँच थान मोबाइल, दुई थान तिलहरी, एक थान सिक्री, तीन थान मंगलसुत्र, एक थान औँठी, दुई थान रानीहारलगायत गरगहना चोरी गरेको पुष्टि भएको छ। पक्राउ परेका चारैेजनालाई थप अनुसन्धानका लागि जिल्ला प्रहरी परिसर काठमाडौं पठाइएको छ।