मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १० शुक्रबार १९:३५:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पोलिटब्युरो बैठकमा नेपालले भने - बहालवाला मन्त्री भोलि नै फिर्ता हुनुहोस्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १० शुक्रबार १९:३५:००

नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले पार्टीको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका छन्। शुक्रबार बसेको पार्टीको पोलिटब्युरोको बैठकमा बोल्दै अध्यक्ष नेपालले बहालवाला मन्त्रीहरूलाई फिर्ता बोलाउन पार्टीले गरेको निर्णय कार्यान्वयन गर्न मन्त्रीहरूलाई आग्रह गरेका हुन् ।  

उनले शनिबारसम्ममा मन्त्रीहरू हेरफेर भइसक्ने पनि बताए। बैठकपछि सञ्चारकर्मीहरूसँग कुरा गर्दै पार्टीका प्रवक्ता जगन्नाथ खतिवडाले अध्यक्ष नेपालले पार्टीको निर्णय परिवर्तन नहुने बताएको पनि जानकारी दिए ।

उनले भने, ‘मन्त्रीहरूका सन्दर्भमा उठेका प्रश्नहरूमा अध्यक्षले उत्तर दिँदै बैठकमा पार्टीको निर्णय कार्यान्वयन हुने र आज वा भोलिभित्रमा कार्यान्वयन भइसक्ने जस्ता विषयमा उहाँले प्रकाश पार्नुभएको छ । यसको अन्तिम निर्णय भोलि केन्द्रीय कमिटीको बैठकले त्यहाँ उठेका प्रश्नहरूको उत्तर दिँदा यसको ठोस कुरा म भोलि बताउनेछु भनेर अध्यक्षले भन्नुभएको छ । तर हाम्रो पूर्ववत् निर्णय, अडानलाई परिवर्तन गर्ने कुरा उहाँले भोलि बोल्ने होइन कि केन्द्रीय कमिटीको बैठक भोलि बसिरहेको अवस्थामा आजै मैले किन बोलिहालौँ भन्दै उहाँले हामीले गरेको निर्णय तपाईंहरू कार्यान्वयन गर्न आफैँ लाग्नुहोस् भनेर आज मन्त्रीहरूलाई सम्झाउनुभएको छ ।’

अध्यक्ष नेपालले देश अन्तर्राष्ट्रिय खेल मैदान बन्न लागिरहेको भन्दै देशभक्ति र स्वाभिमानका लागि प्रत्येक नेपालीहरूले आवाज उठाउनुपर्ने धारणा व्यक्त गरेको पनि खतिवडाले जानकारी दिए । असंलग्न परराष्ट्र नीतिमाथि बाधा पुग्ने चिजहरूबाट जोगाउनको निम्ति पार्टीलाई परिचालित गर्नुपर्ने अध्यक्ष नेपालको धारणा रहेको उनले बताए।