मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ५ बुधबार
  • Wednesday, 17 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १० शुक्रबार ११:४३:००
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव सुरु

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १० शुक्रबार ११:४३:००

नेपाल–अमेरिका अन्तर्राष्ट्रिय चलचित्र महोत्सव अमेरिकाको म्यारिल्याण्डमा सुरु भएको छ। ग्रिनबेल्ट पुरोना थिएटरमा नेपाली चलचित्र ‘हल्करा’को भौतिक प्रदर्शनबाट बिहीबार साँझदेखि महोत्सव सुरु गरिएको हो।

२३ देखि २६ जुनसम्म चल्ने चलचित्र महोत्सवमा १२ देशका ३८ वटा चलचित्र प्रदर्शन हुँदैछन्। महोत्सवमा नेपाल, अमेरिकालगायत देशका वृत्तचित्र, फिक्सन, सर्ट फिल्म, एनिमेसन र प्रयोगात्मक चलचित्र छानिएका छन्।

कान्स फेस्टिभलमा पुगेका निर्देशक अविनाश विक्रम शाह र अभिनेत्री सुरक्षा पन्त बिहीबार बेलुकी ९ बजे महोत्सवको ‘भर्चुअल’ संवादमा सहभागी भएका थिए। संवादमा उनीहरुले कान्स फिल्म फेस्टिभलमा सहभागी हुँदाको अनुभव सुनाएका थिए।

भौतिकरूपमा उपस्थित हुन नसक्ने दर्शकका लागि अनलाइनमार्फत् पनि चलचित्र चलचित्र हेर्ने सुविधा दिइएको आयोजकले जनाएको छ।  प्रदर्शनपछि दर्शक र चलचित्रका निर्माता–निर्देशक तथा कलाकारसँग छलफलसमेत हुने छ।

वृत्तचित्र ‘वृक म्युलु’ र एरिक स्पिंकको लघु चलचित्र ‘द लिप रिडर’ प्रदर्शनसँगै २६ जुनको साँझ महोत्सव समापन हुनेछ।