मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
तस्बिर : क्यानकाे फेसबुक पेजबाट ।
नयाँ पत्रिका काठमाडौं
२०७९ असार १० शुक्रबार ११:२०:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

एसिसी महिला टी–२० : युएईद्वारा नेपाललाई ८२ रनको लक्ष्य

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार १० शुक्रबार ११:२०:००

एसिसी महिला टी–२० च्याम्पियनसिपको पहिलो सेमिफाइनलमा युनाइटेड अरब इमिरेट्स (युएई)ले नेपाललाई ८२ रनको लक्ष्य दिएको छ। टस हारेर पहिले ब्याटिङ गरेको युएई १९.५ ओभरमा ८१ रन जोडेर अलआउट भएको छ।

मलेसियाको किन्नरा ओभलमा जारी खेलमा नेपालकी अस्मिना कर्माचार्यले सर्वाधिक पाँच विकेट लिँदा इन्दु बर्माले तीन तथा सीता रानामगरले दुई विकेट लिए।

युएईका लागि वैष्णवी महेशले सर्वाधिक १६ रन बनाइन्। इशा रोहित ओजाले १५, छाया मुघलले १४ तथा खुसी शर्माले १२ रन जोडे। आजको खेल जिते नेपाल एसिया कपमा छनोट हुनेछ।