१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
फाइल तस्बिर
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ९ बिहीबार १३:२५:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

देशको चाबी माओवादीको हातमा छ : प्रचण्ड (भिडियाेसहित)

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ९ बिहीबार १३:२५:००

माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले देशको राजनीतिक धारलाई कता लैजाने भन्ने चाबी आफ्नो पार्टीको हातमा रहेको बताएका छन् । माओवादी पार्टीबाट निर्वाचित ललितपुरका जनप्रतिनिधिलाई बिहीबार प्रशिक्षण दिँदै प्रचण्डले स्थानीय तहको निर्वाचनले यसपटक फेरि त्यो पुष्टि गरेको दाबी गरे । 
‘हाम्रो काँधमा धेरै ठूलो जिम्मेवारी छ । गत निर्वाचनबाट पनि जनताले देशको राजनीतिक धारलाई कता लैजाने, कसरी अगाडि बढाउने भनेर हाम्रै हातमा तालाचाबी दिएका छन्,’ उनले भने, ‘त्यसैले हामीले अझ जिम्मेवार भएर जनताका आकांक्षा पूरा गर्नेतर्फ लाग्नु छ ।’

उनले जनयुद्धको क्रममा सबैभन्दा बढी त्याग र बलिदान भएका र आधार इलाका रहेका ठाउँमा मात्र नभई अन्यत्र पनि जनताले माओवादीलाई दिएको जनमतले यो सिद्ध भएको जिकिर गरे ।