मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १८:५८:००
Read Time : < 1 मिनेट
खेलकुद

भगिमानसिंह स्मृति फुटबलको उपाधि इलामलाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ पौष ७ शनिबार १८:५८:००

तेह्रथुमको म्याङलुङमा भएको भगिमानसिंह स्मृति आमन्त्रण फुटबल प्रतियोगिताको उपाधि माइभ्याली फुटबल क्लब इलामले चुमेको छ । भगिमानसिंह तुम्बाहाम्फे स्मृति प्रतिष्ठानको आयोजनामा सन्चालित प्रतियोगिता अन्तर्गत शनिबार भएको फाइनल खेलमा उदयपुर-११ लाई २-१ गोलले पराजित गर्दै इलामले उपाधि चुमेको हो । 


खेलको पहिलो हाफमा इलामका लागि जर्सी नं. १३ का अनिष थापाले दुई गोल गरे । दोश्रो हाफमा टिपसन राईले उदयपुरका लागि सान्त्वाना गोल गरेका  थिए । उपाधिसँगै इलामले नगद २ लाख ५ हजार रुपैयाँसहित कप, मेडल र प्रमाण–पत्र प्राप्त गरेको छ । उपविजेता बनेको उदयपुर–११ ले नगद १ लाख १५ हजार रुपैयाँमा चित्त बुझाएको छ । विजेता र उपविजेतालाई पुरस्कार वितरण गर्दै प्रदेश नंं. १ का प्रमुख डा. गोविन्द तुम्बाहाङले पहिलो पटक सन्चालित सो प्रतियोगिताले जिल्लाको फुटबल विकासमा सहयोग पु-याउने बताए । 
प्रतियोगितामा उदयपुर रोशेष श्रेष्ठ उत्कृष्ट खेलाडी, उत्कृष्ट डिफेन्स इलामका हरि सिटौला, उत्कृष्ट गोलकिपर उदयपुरका रेम्बो चौधरी र उत्कृष्ट गोलकर्ता उदयपुरका समिराज राउत र झापाका गणेश हेमरन घोषित भए । 


उनीहरुलाई नगद सहित कप, मेडल र प्रमाण पत्र प्रदान गरिएको छ । प्रतियोगितामा प्रदेश नं. १ का तेह्रथुमसहित धनकुटा, संखुवासभा, झापा, मोरङ, सुनसरी, इलाम, पाँचथर, ताप्लेजुङ र उदयपुरका १० टिम सहभागी थिए । प्रतियोगिता लिम्बुहरुको महान् चाड चासोक तङनामको अवसरमा २ पौषबाट सन्चालन भएको थियो ।