मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०८:११:००
Read Time : < 1 मिनेट
सेयर बजार

०.५२ प्रतिशत बढ्यो नेप्से

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२०७५ चैत ४ सोमबार ०८:११:००

साताको पहिलो कारोबार दिन नेप्से शून्य दशमलव ५२ प्रतिशत बढेर बन्द भएको छ । नेप्सेसँगै यस दिन कारोबार रकममा पनि सुधार देखिएको छ । यस दिन नेप्सेमा खासै धेरै उतार–चढाव देखिएन । बजार खुलेदेखि नै उकालो लागेको नेप्से १ हजार १ सय ६५ बिन्दुमा पुगेपछि करिब स्थिर देखिएको थियो ।

कारोबारको १ घन्टापछि ओरालो लागेको नेप्से मध्याह्नपछि पुनः स्थिर बनेको थियो । निरन्तरजसो बजार उकालो लागेपछि लगानीकर्ताको मनोबल पनि बढेको छ । यसका साथै, पुँजीबजार विस्तार र सुधारका कार्यहरू भइरहेका कारण पनि बजार बढ्न टेवा पुगेको देखिन्छ । बैंकहरूले ब्याजदर नघटाएका कारण बजारमा अपेक्षाअनुसारको तीव्रता आउन नसकेको एक लगानीकर्ताले बताए ।

त्यसका साथै बजारमा सेयर आपूर्ति पनि बढेको छ । आपूर्ति बढ्नु तर माग नबढ्नुले बजार बढ्न नसकेको उनको भनाइ छ । धितोपत्र बोर्डले प्राइभेट इक्विटी फन्ड, भेन्चर क्यापिटल फन्ड, हेज फन्डजस्ता वैकल्पिक लगानी कोष प्रोत्साहन गर्न जारी गरेको विशिष्टीकृत लगानी कोष नियमावलीले पनि बजार बढ्न टेवा पुग्ने लगानीकर्ताले अपेक्षा लिएका छन् । 

आइतबार नेप्से परिसूचक ५ दशमलव ९९ अंक बढेर १ हजार १ सय ६१ दशमलव ४५ बिन्दुमा पुगेको छ । सेन्सेटिभ इन्डेक्स यस दिन १ दशमलव शून्य ८ बढेर २ सय ४७ दशमलव १७ बिन्दुमा पुगेको छ । यस दिन १ सय ७२ कम्पनीको ५ हजार ५ सय ६६ पटकको कारोबारमा ३७ करोड १२ लाख ३६ हजार २ सय ५२ रुपैयाँबराबरको १४ लाख ७७ हजार ८ सय ९२ कित्ता सेयर खरिद–बिक्री भएको छ । नेप्सेको फ्लोट इन्डेक्स यस दिन शून्य दशमलव ४२ अंक र सेन्सेटिभ फ्लोट इन्डेक्स शून्य दशमलव ३४ अंक बढेको छ ।