मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
समाचार डिजिटल संस्करण

रवि लामिछानेले पार्टी दर्ता गर्न दिएको निवेदनविरुद्ध निर्वाचन आयोगमा पर्यो उजुरी

स्वतन्त्र पार्टी नाम हटाउन निवेदककाे माग

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ८ बुधबार १३:१९:००

रवि लामिछानेले ‘राष्ट्रिय स्वतन्त्र पार्टी’ दर्ताका लागि निर्वाचन आयोगमा दिएको निवेदनविरुद्ध उजुरी परेको छ । पार्टीको नाम खारेजीको मागसहित स्वतन्त्र उम्मेदवारी अभियानले आयोगमा उजुरी दिएको हो।  

आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलका अनुसार केही व्यक्ति निवेदनसहित त्यहाँ पुगेका छन्। ‘केही व्यक्ति निवेदन लिएर आउनुभएको छ,’ उनले भने, ‘ उहाँहरूले नाममा आपत्ति जनाउनुभएको रहेछ । उहाँहरूको निवेदन दर्ता हुने अवस्थामा छ ।’

उक्त उजुरी अभियानका संयोजक डम्बर साहुले दिएका हुन् ।

उजुरीमा स्वतन्त्र शब्द हटाउन माग गरिएको छ। निवेदनमा निर्दलीय रूपमा उठ्ने स्वतन्त्र उम्मेदवारलाई पार्टीको नामले असर पार्ने भन्दै उक्त नाम परिवर्तन गर्न आग्रह गरिएको छ। लामिछाने मंगलबार पार्टी घोषणा गरे पनि उनको पार्टीको नाम आयोगमा दर्ता भइसकेको छैन ।

कुनै पार्टीको नामसँग जुध्ने वा कोही कसैको मानमर्दनमा समस्या हुने गरी राखिएको शब्द वा नाम दर्ता हुन नसक्ने आयोगले जनाएको छ। लामिछानेले राखेको पार्टीको नामले स्वतन्त्र रूपमा उठ्ने उम्मेदवारलाई असर पार्ने भन्दै उक्त शब्द हटाउन केही व्यक्तिले माग गरेका हुन् ।