१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार ८ बुधबार १०:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

वायुसेवा सञ्चालकहरूले उडान बन्द नगर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार ८ बुधबार १०:३२:००

वायुसेवा सञ्चालकहरूले बुधबारबाट उडान बन्द गर्ने चेतावनी दिए पनि उडान नियमित हुने जनाएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण र वायुसेवा सञ्चालक संघबीच मंगलबार राति भएको वार्तामा उडान नियमित गर्ने सहमति भएको हो ।

गृह मन्त्रालयको समन्वयमा भएको वार्तामा प्राधिकरण र वायुसेवा सञ्चालकहरूले उडान नरोक्नेमा सहमति जनाएका छन् । नेपाल नागरिक उड्डयन प्राधिकरणले एकतर्फी निर्णय गरेको भन्दै मंगलबार पत्रकार सम्मेलन गरेर नियमित र आकस्मिक उडान बन्द गर्ने चेतावनी दिएकाे थियाे  ।