Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ७ मंगलबार ०९:२१:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

युवतीलाई बलात्कारपछि लुटपाट गर्ने पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ७ मंगलबार ०९:२१:००

युवतीको साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइल लुटपाट

युवतीलाई बलात्कार गरी एक लाख रुपैयाँ र गरगहना लुट्ने धन्दामा संलग्न काभ्रे तिमाल गाउँपालिका– ९ का ३० वर्षीय भोटे, आशिष, जय भनिने विश्व तामाङलाई प्रहरीले पक्राउ गरेको छ ।

उनले २४ वर्षीया एक युवतीलाई विवाह गर्ने प्रलोभनमा पारी भोटेबहालस्थित एक गेस्टहाउसमा लगेर बलात्कार गरेकाे प्रहरीले जनाएकाे छ । बलात्कार गर्नुअघि उनले युवतीलाई लट्ठिने पेय पदार्थ खुवाएका थिए । महिला अचेत भएपछि उनले बलात्कार गरेकाे प्रहरीकाे भनाइ छ । 

त्यसपछि युवतीको साथमा रहेको एक लाख रुपैयाँ, दुई तोला सुन र एउटा मोबाइलसमेत लुटी तामाङ फरार  भएका थिए । उनले गेस्टहाउसमा महिलाकै परिचयपत्रबाट कोठा बुक गरेको महानगरीय प्रहरी परिसर काठमाडौंका प्रवक्ता एसपी दिनेश मैनालीले बताए ।