मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ६ सोमबार २१:०६:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

क्यानेडियन विश्वविद्यालयहरूका प्रतिनिधि नेपाल भ्रमणमा आउँदै 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ६ सोमबार २१:०६:००

शैक्षिक भ्रमणका लागि क्यानेडियन विश्वविद्यालय तथा कलेजका २४ प्रतिनिधि नेपाल आउने भएका छन् । क्यानडा सरकारको हाई कमिसनले विज्ञप्ति जारी गरी क्यानडामा शैक्षिक अवसरका बारेमा जानकारी दिन प्रतिनिधि आउन लागेको जानकारी दिएको हो । प्रतिनिधिहरूले छात्रवृत्ति, अनुभव, पहुँच, शुल्कको अवस्था करिअरको बारेमा जानकारी दिने जनाइएको छ । 

विद्यार्थीको क्षमता विकास, छात्रवृत्ति, योग्यता र करिअर विकासको सन्दर्भमा यही जुन २७ देखि २९ गते नेपाल भ्रमणमा आउन लागेको जनाइएको छ। द एडु क्यानडा मिसन नाम दिइएको शैक्षिक भ्रमणमा नेपाली विद्यार्थीहरूलाई क्यानडाका कलेज तथा विश्वविद्यालयमा अवसरका लागि समेत अवसर दिइने बताइएको छ । 

यससँगै मिसनले विद्यार्थीलाई उच्च शिक्षाको अवसरका साथै क्यानडाको भिसा सहज बनाउने, क्यानडामा व्यवसाय गर्ने वातावरण सिर्जना गर्ने र भविष्य निर्माणको अवसर दिइने जनाइएको छ ।

आगामी जुन २८ मा  सोल्टी होटेलमा स्टडी इन क्यानडा सेमिनार आयोजना गरिन लागिएको विज्ञप्तिमा जनाएको छ । सेमिनार बिहान १० बजेदेखि दिउँसो ३ बजेसम्म हुनेछ। सेमिनार विद्यार्थी, अभिभावक र शिक्षकहरूका लागि खुला रहने जनाइएको छ।

नेपालका लागि क्यानेडियन राजदूत क्यामरेन म्याकेले विज्ञप्ति जारी गर्दै विश्वभर नै उच्च शिक्षाका लागि उत्कृष्ट मानिएका विश्वविद्यालयहरूमार्फत नेपालमा शैक्षिक सेमिनार गर्न पाउँदा खुसी भएको जनाएका छन् ।