मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ६ सोमबार १९:४४:००
Read Time : < 1 मिनेट
मुख्य समाचार

एसपिपी अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने मन्त्रिपरिषद्को निर्णय

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ६ सोमबार १९:४४:००

सरकारले स्टेट पार्टनरसिप प्रोग्राम(एसपिपी) अस्वीकार गर्दै अमेरिकालाई पत्र लेख्ने भएको छ । मन्त्रिपरिषद्को सोमबारको बैठकले अमेरिकालाई पत्र लेखेरै एसपिपी सम्झौता अस्वीकार गर्ने निर्णय गरेको हो ।

बैठकपछि स्वास्थ्यमन्त्री विरोध खतिवडाले भने, 'प्रधानमन्त्रीले एसपिपी सम्झौता अगाडि नबढाउने प्रस्ताव बैठकमा प्रस्तुत गर्नुभएको हो । अब पत्र लेखेर नेपालले सम्झौता नगर्नेबारे जानकारी गराउँछौँ।’  

एसपिपीबारे सदनमा सत्तापक्ष र प्रतिपक्षी दलका सांसदहरूले चर्को आवाज उठाएका थिए । सत्तारुढ तीन दल माओवादी केन्द्र, एकीकृत समाजवादी र जसपाले एसपिपी अस्वीकार गरेको उल्लेख गर्दै अमेरिकालाई पत्र लेख्नुपर्ने बताउँदै आएका थिए । कांग्रेस महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले प्रधानमन्त्रीलाई भेटेर एसपिपीको बाटो सधैँको लागि बन्द गर्न सुझाब दिएका थिए । 

तत्कालीन सेनापति राजेन्द्र क्षत्रीले एसपिपीमा सहभागिताका लागि अमेरिकी दूतावासलाई पठाएको पत्र केही दिनअघि सार्वजनिक भएको थियो ।