१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ६ सोमबार १९:१२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भीम रावलको प्रश्न– अमेरिकालाई एसपिपीमा सहभागी नहुने पत्र किन नपठाएको ? 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ६ सोमबार १९:१२:००

एमाले नेता भीम रावलले सरकारले अमेरिकालाई स्टेट पार्टनरसिप प्रोगाम (एमपिपी)मा सहभागी नहुने भनेर पत्राचार नगरेको भन्दै आपत्ति जनाएका छन् । सोमबार नयाँबानेश्वरस्थित संसद् भवनमा सञ्चारकर्मीहरूसँग कुराकानी गर्दै नेता रावलले सरकारले एसपिपीमा सहभागी नहुने भनेर हालसम्म अमेरिकालाई पत्राचार नगरेको भन्दै आपत्ति जनाएका हुन् ।

उनले अमेरिकाले नेपालले सम्झौता रद्ध गर्न सक्ने भने पनि नेपाल सरकारले पत्राचार गर्न नसकेको बताए । रावलले पत्र नपठाउनुको कारण के हो ? भनेर सरकारलाई प्रश्नसमेत गरे । 

उनले प्रधानसेनापति, परराष्ट्रमन्त्री, गृहमन्त्री र गठबन्धन दलका नेताहरूले समेत एसपिपीमा नेपाल सहभागी नहुने बताइरहँदा पनि पत्र नपठाएकोप्रति आशंका व्यक्त गरे । 

रावलले आगामी निर्वाचनमा समान विचार, दर्शन र कार्यक्रम भएकाहरूसँग मात्रै गठबन्धन गर्नुपर्नेमा जोड दिए । विपरीत सिद्धान्त भएकाहरूबीचको गठबन्धन अनैतिक हुने उनको तर्क छ ।