मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
डिलाराम भुसाल कपिलवस्तु
२०७९ असार ६ सोमबार १७:११:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कपिलवस्तुमा पहिरोमा परी बेपत्ता भएका दुईमध्ये एकजनाको शव फेला

Read Time : < 1 मिनेट
डिलाराम भुसाल, कपिलवस्तु
२०७९ असार ६ सोमबार १७:११:००

कपिलवस्तुमा अविरल वर्षासँगै आएको पहिरोले पुरिएर बेपत्ता भएका दुई भारतीय नागरिकमध्ये एकजनाको शव फेला परेको छ। पहिरोमा परेर हराएकामध्ये एकजनाको शव फेला परेको र अर्का व्यक्तिको खोजीकार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुले जनाएको छ।

शिवराज नगरपालिका वडा नं. १ पैरा खोलामा सोमबार बिहान दुई भारतीय पहिरोमा परी बेपत्ता भएका थिए। प्युठानको स्वर्गद्वारी मन्दिर दर्शन गरी फर्कँदै गर्दा भारतको बलरामपुर बस्ने १७ वर्षीय निखिल कौशल र सोही ठाउँका सुरज सोनी पहिरोमा पुरिएका थिए।

उनीहरू सवार गाडी पहिरो खसेको ठाउँमा रोकिएपछि बाटो पार गर्न खोस्दा माथिबाट आएको पहिरोमा पुरिएका वडा प्रहरी कार्यालय चन्द्रौटाले जनाएको छ।