१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १२ बुधबार
  • Wednesday, 24 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ६ सोमबार ०७:५८:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

नबिल कार्ड प्रयोगकर्ताले कतार एयरवेजमा छुट पाउने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ६ सोमबार ०७:५८:००

नबिल बैंकले कतार एयरवेजसँग बैंकका कार्ड प्रयोगकर्ताले उक्त एयरवेजको टिकट खरिद गर्दा छुट प्राप्त गर्ने सम्झौता गरेको छ । बैंकले आफ्नो कार्ड प्रयोगकर्ताले युरोप, अमेरिका र अफ्रिकाका चुनिएका गन्तव्यहरूमा लागू हुने गरी हवाई टिकट खरिद गर्दा १० प्रतिशत छुट पाउने सम्झौता गरेको हो । 

सम्झौतामा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिलकेशरी शाह र कतार एयरवेजका बंगलादेश तथा नेपालका कन्ट्री म्यानेजर मोहम्मद एल इमामका तर्फबाट सेल्स म्यानेजर सारिक बोगटीले हस्ताक्षर गरेको जनाइएको छ । सम्झौताअनुसार जहाजको बिजनेस र इकोनोमी दुवै क्लासका टिकटमा छुट प्राप्त हुने उल्लेख छ । छुट सुविधा पाउनका लागि बैंकका कार्ड प्रयोगकर्ताले कतार एयरवेजका प्रतिनिधिलाई आफ्नो नबिल बैंकको कार्ड पेस गर्नुपर्ने जनाइएको छ । 

कतार एयरवेज अन्तर्राष्ट्रिय हवाई यातायात मूल्यांकन संस्था स्काइट्रुयाक्सले फाइभ स्टार कोभिड–१९ सेफ्टि रेटिङ हासिल गरेको जनाइएको छ । बैंकका प्रमुख कार्यकारी अधिकृत शाहले अन्तर्राष्ट्रिय यात्रामा कोभिड–१९ को प्रभावलाई ध्यानमा राख्दै गरिएको सहकार्यले बैंकका ग्राहकहरू लाभान्वित हुने बताए । 
बैंकले हाल देशभरमा एक सय ५० शाखा, एक सय ८७ एटिएम र एक हजार पाँच सयभन्दा बढी नबिल रेमिट एजेन्टहरूमार्फत सेवा दिइरहेको जनाएको छ ।