Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ असार ५ आइतबार ०७:४७:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

गाडीका सहचालक खोलामा खसेर बेपत्ता 

Read Time : < 1 मिनेट
२०७९ असार ५ आइतबार ०७:४७:००

नारायणगढ–मुग्लिन सडकखण्डमा चिप्लिएर लड्दा गाडीका सहचालक बेपत्ता भएका छन् । काठमाडाैंबाट धनगडीतर्फ जाँदै गरेको ना.६ख ७४६३ नम्बरको बसका सहचालक चितवनको इच्छाकामना- ५ स्थित खहरेखोलामा चिप्लिएर खसेको जिल्ला प्रहरी कार्यालय चितवनले जनाएको छ ।

कैलालीकाे गोदावरी बस्ने ३५ वर्षका सहचालक तेजबहादुर बोहरा बसको ढोकाबाट झरी खाजा (चाउचाउ) किन्न भनी जाँदै गर्दा चिप्लिएर खोलामा खसेका छन्। अहिले  सशस्त्र प्रहरीको विपत् व्यवस्थापन तालिम शिक्षालय कुरिनटारको उद्धार टोली घटनास्थलमा पुग्दै छ । सहचालक बोहराले  लगाएको चप्पल केही तल फेला परेको भए तापनि हालसम्म उनलाई फेला पार्न सकिएको छैन ।