१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ४ शनिबार १४:०३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

राष्ट्रिय सहमति जुटाएर एसपिपी सम्झौता रद्द गरौँ : महर 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ४ शनिबार १४:०३:००

नेपाली कांग्रेस केन्द्रीय सदस्य नैनसिंह महरले राष्ट्रिय सहमति जुटाएर अमेरिकाको स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) सम्झौता रद्द गर्नेपर्ने बताएका छन्। नेपाल विद्यार्थी संघ शंकरदेव क्यापसले बालुवाटारमा आयोजना गरेको फुटसल प्रतियोगिताको उद्घाटन गर्दै नेता महरले सर्वदलीय बैठकबाट राष्ट्रिय सहमति जुटाएर एसपिपी रद्द गर्न अमेरिकालाई पत्र पठाउनुपर्ने बताएका हुन्।

उनले भने, 'एसपिपी अगाडि नबढाउने भनेर प्रधानमन्त्रीले भनिसक्नुभएको छ। सेनाले पनि एसपिपीमा सहभागी नहुने भनिसक्यो। सबै राजनीतिक दलले पनि एसपिपी स्विकार्न नहुने धारणा राख्नुभएको छ।' महरले सर्वदलीय बैठक बोलाएर राष्ट्रिय सहमतिका साथ एसपिपी रद्द गर्ने प्रक्रिया थाल्न प्रधानमन्त्री शेरबहादुर देउवालाई आग्रह गरे।

वैदेशिक मामिलाको विषयलाई राजनीतिक मुद्दा बनाएर गिजोल्न नहुने उनको भनाइ छ। उनले भने, 'यो विषय दलहरूले एकले अर्कालाई राष्ट्रघाती करार गर्ने कुरा होइन। नेपाली सेनालाईसमेत विवादमा तान्ने काम भएको छ। राज्यका सबै संरचनाप्रति नागरिकमा अविश्वास पैदा गराउनतिर लाग्नुहुँदैन। यसले व्यवस्थामाथि नै खतरा ल्याउन सक्नेमा हामी सजग हुन जरुरी छ।'

एसपिपी इन्डाेप्यासिफिक स्ट्राटेजीको अंग भएको थाहा भाएर पनि पूर्ववत् केपी ओली सरकारले खारेज नगरेर किन होल्ड गरेको भन्दै उनले प्रश्नसमेत गरेका छन्। उनले भने, 'अमेरिकाले एसपिपी सम्झौता सैन्य रणनीतिको अंग भनेपछि पनि ओली सरकारले सम्झौता किन होल्ड गर्‍याे ? त्यसका पछाडिको नियत के थियो ? राष्ट्रवादको भ्रम छर्ने एमाले नेतृत्वलाई यो प्रश्नले लखेटिरहनेछ।'