Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ६ बिहीबार
  • Thursday, 18 April, 2024
२०७९ असार ४ शनिबार ११:०३:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

पहिरोले बेँसीसहर–चामे सडक पुनः अवरुद्ध

Read Time : < 1 मिनेट
२०७९ असार ४ शनिबार ११:०३:००

मनाङ जाने एकमात्र बेंसीसहर–चामे सडक पहिरोका कारण अवरुद्ध भएको छ। अविरल वर्षासँगै बेंसीसहर नगरपालिका ६ खरखरे भीरमा शनिबार  बिहान पहिरो जाँदा सडक पुनः अवरुद्ध भएको हो।

डुम्रे–बेंसीसहर–चामे सडक योजना कार्यालय लमजुङले एस्काभेटरको सहयोगले सडक खुलाउने प्रयास गरिरहेको छ। खरखरे भीरमा ठुल्ठूला ढुङ्गासहितको पहिरोले सडक अवरुद्ध बनाएपछि यात्रुहरु गन्तव्यतर्फ जान पाएका छैनन्।

जिल्ला प्रहरी कार्यालय लमजुङका प्रहरी निरीक्षक तथा सूचना अधिकारी जगदीश रेग्मीका अनुसार पहिरोले १०–१५ मिटर सडक अवरुद्ध बनाएको छ।