मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
लन्डन
२०७९ असार ४ शनिबार ०८:०१:००
Read Time : > 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

एकदिवसीयमा इंग्ल्यान्डको विश्व कीर्तिमान योगफल

Read Time : > 1 मिनेट
लन्डन
२०७९ असार ४ शनिबार ०८:०१:००

इंग्ल्यान्डले एकदिवसीय खेलमा नेदरल्यान्डविरुद्ध चार सय ९८ रन बनायो

इंग्ल्यान्डले एकदिवसीय क्रिकेटमा शुक्रबार विश्व कीर्तिमानी योगफल खडा गरेको छ । आम्स्टेभिन मैदानमा इंग्ल्यान्डले नेदरल्यान्डविरुद्ध चार सय ९८ रनको विश्व कीर्तिमानी योगफल खडा गरेको हो । एकदिवसीय इतिहासकै सर्वाधिक रन जोड्नेक्रममा इंग्ल्यान्डले केवल चार विकेट गुमायो । इंग्ल्यान्डका लागि तीन ब्याट्सम्यानले विस्फोटक शतकीय ब्याटिङ गरे । 

इंग्ल्यान्डले आफ्नै रेकर्ड तोडेको हो । सन् २०१८ मा इंग्ल्यान्डले अस्ट्रेलियाविरुद्ध ४८१–६ को प्रदर्शन गरेको थियो । आम्स्टेभिन मैदानमा टस हारी पहिलो ब्याटिङ गरेको इंग्ल्यान्डको सुरुवात राम्रो भएन । इनिङ्सको १.३ ओभरमा ओपनर जासन रोयलाई एक रनमा इंग्ल्यान्डले गुमाएको थियो । लगातार तीन विकेटका लागि विस्फोटक साझेदारी भएपछि इंग्ल्यान्डले नेदरल्यान्डविरुद्ध रेकर्ड राखेको हो । इंग्ल्यान्डका लागि फिल साल्टले ९३ बलमा १४ चौका र तीन छक्का प्रहार गरी एक सय २२ रन जोडे । तेस्रो क्रमका ब्याट्सम्यान डेभिड मालानले एक सय नौ बलमा एक सय २५ रन बनाए । 

उनले नौ चौका र तीन छक्का प्रहार गरे । विकेटकिपर ब्याट्सम्यान जोस बटलरले ७० बलमा सर्वाधिक एक सय ६२ रन बनाए । उनले १४ छक्का र सात चौका प्रहार गरे । फिल र मालानबीच दोस्रो विकेटका लागि दुई सय २२ रनको साझेदारी भयो । त्यसपछि बटलर र मालानले तेस्रो विकेटका निम्ति एक सय ८४ रनको साझेदारी गर्दै इंग्ल्यान्डलाई ४४.३ ओभरमा ४०७–३ को बलियो स्थितिमा राखे ।

बटलरको यो एकदिवसीय खेलमा सर्वाधिक उच्च प्रदर्शनी हो । फिलको यो पहिलो अन्तर्राष्ट्रिय एकदिवसीय शतक हो । मालानले पनि एकदिवसीय खेलमा पहिलो शतक प्रहार गरे । लियाम लिभिङस्टोनले २२ बलमा ६ चौका र ६ छक्कासहित ६६ रनमा अविजित रहे । नेदरल्यान्डका पिटर सिलारले सर्वाधिक दुई विकेट लिए ।