१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार ४ शनिबार ०६:५२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

बक्सिङ एकेडेमी स्थापना गर्न सहयोग गर्ने

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार ४ शनिबार ०६:५२:००

विश्व बक्सिङ महासंघले नेपालमा स्थापना हुने बक्सिङ एकेडेमीका लागि सहयोग गर्ने भएको छ । नेपाली बक्सिङ टोली रसियाको भ्रमणका क्रममा महासंघका अध्यक्ष उमार क्रेमलेभले बक्सिङ एकेडेमी स्थापनाका लागि नेपाललाई सहयोग गर्ने बताएका छन् । नेपाली टोलीको नेतृत्व गरेका युवा तथा खेलकुदमन्त्री महेश्वरजंग गहतराजसँगको छलफलमा महासंघका अध्यक्ष उमारले सो प्रतिबद्धता दिलाएका हुन्

। रसिया भ्रमणपछि शुक्रबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मन्त्री गहतराजले नेपालमा हाई अल्टिच्युड प्रशिक्षण सेन्टर निर्माण गर्नमा पनि महासंघले सहयोग गर्ने जानकारी दिए । ‘एकेडेमी र हाई अल्टिच्युड निर्माणमा महासंघका अध्यक्ष उमार सकारात्मक देखिनुभएको छ, यसको प्रक्रिया क्रमशः अगाडि बढाइनेछ,’ मन्त्री गहतराजले भने । 

बक्सिङ फेडेरेसन अफ रसिया र रसिया फेडेरेसनका खेलकुदमन्त्री आलेग भासिलीको निमन्त्रणामा आठ सदस्यीय नेपाली बक्सिङ टोलीले रसिया भ्रमण गरेको थियो । रसियामा दुई पक्षीय भेटघाट तथा आदान–प्रदान कार्यक्रम भएको मन्त्री गहतराजले बताए । ‘नेपाली खेलाडीलाई तालिम दिनेसँगै रसियामा हुने प्रतियोगितामा सहभागी गराउन सहयोग प्राप्त हुनेछ,’ उनले भने, ‘दुवै देशका खेलाडीलाई हिमाली क्षेत्रमा म्याराथन प्रतियोगितामा सहभागी गराउने र बक्सिङ प्रशिक्षकको अनुभव दुवैबीच आदान–प्रदान हुनेछ ।’