Skip This
Skip This
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ७ शुक्रबार
  • Friday, 19 April, 2024
२०७९ असार ३ शुक्रबार १७:०८:००
Read Time : < 1 मिनेट
खेलकुद डिजिटल संस्करण

सी डिभिजन लिग च्याम्पियन झापा फुटबल क्लबलाई सम्मान

Read Time : < 1 मिनेट
२०७९ असार ३ शुक्रबार १७:०८:००

‘सी’ डिभिजन लिग विजेता झापा फुटबल क्लबलाई सम्मान गरिएको छ । झापा गोल्डकप आयोजक समितिले झापा फुटबल क्लबलाई सम्मान गरेको हो ।‘सी’ डिभिजन लिग च्यम्पियनमा आबद्ध खेलाडी र अफिसियललाई प्रतिव्यक्ति नगद ११ हजार रुपैयाँले सम्मान गरेको झापा गोल्डकप आयोजक समिति अध्यक्ष विनोद बस्नेतले जानकारी दिए ।

‘झापा फुटबल क्लब सी डिभिजन च्याम्पियन बन्दै बी डिभिजन लिगमा प्रवेश गरेको छ । यो हाम्रो लागि गौरवको विषय हो,’ उनले भने, ‘यो क्लबप्रतिको सम्मान हो । अब ए डिभिजन प्रवेशका लागि शुभकामना छ ! हामीले प्रोत्साहनका लागि सम्मान गरेका हौँ ।’

हालै सम्पन्न सी डिभिजन लिगमा विजयी भन्दै झापा फुटबल क्लब बी डिभिजनमा प्रवेश गरेको थियो । झापाले च्यम्पियन हुँदै १३ खेलमा सर्वाधिक ३४ अंक बटुलेको थियो । झापा एफसीको व्यवस्थापन र खेलाडीको मिहिनेतले खेल जितिएको झापा एफसीका अध्यक्ष जलकुमार गुरुङले बताए । टोलीमा सबै नयाँ खेलाडी हुँदा–हुँदै पनि जित निकाल्न सफल भएको उनको भनाइ छ ।

‘हाम्रो क्लबमा नयाँ खेलाडी छन् । दुईजना छिमेकी जिल्ला र बाँकी सबै झापाकै खेलाडी हुन् । गाउँबाट ल्याएका खेलाडी हुन्,’ उनी भन्छन्, ‘उनीहरूलाई पाँच महिनासम्म प्रशिक्षण दिएर च्याम्पियनका लागि योग्य बनायौँ ।’ उनले बी डिभिजन क्लबमा बढुवा भएपछि भने अन्य क्लबबाट खेलिरहेका झापाली स्टार खेलाडी पनि समावेश हुने अध्यक्ष गुरुङले जानकारी दिए ।

‘अब बी डिभिजन लिगका लागि यति मिहिनेतले पुग्दैन । हामीले अन्य क्लबबाट खेलिरहेका झापाली खेलाडीलाई पनि समेट्नेछौँ । केही खेलाडीसँग कुरा पनि भएको छ । उहाँहरूले पनि प्रतिबद्धता जनाउनुभएको छ,’ उनले भने, ‘बी डिभिजनमा पनि हामी राम्रो गर्नेछौँ । यसका लागि सबै खाले मिहिनेत हामी गर्छौँ ।’