मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख ८ शनिबार
  • Saturday, 20 April, 2024
गणेश लम्साल विराटनगर
२०७९ असार ३ शुक्रबार ०६:१७:००
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बजेट सहज कार्यान्वयन हुने प्रदेश १ का आर्थिक मामिलामन्त्री आङ्बोको दाबी

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
२०७९ असार ३ शुक्रबार ०६:१७:००

प्रदेश १ सरकारका आर्थिक मामिला तथा योजनामन्त्री इन्द्रबहादुर आङ्बोले आगामी वर्षका लागि प्रदेश सभामा प्रस्तुत भएको बजेट सहज रूपमा कार्यान्वयन हुने बताए ।

बिहीबार अन्तक्र्रिया गर्दै मन्त्री आङ्बोले स्रोत सुनिश्चित भएअनुसार यथार्थपरक बजेट निर्माण भएकाले सहज कार्यान्वयन हुने बताए । उनले प्रतिपक्षी र सत्तापक्षका सांसदहरूको आग्रहमै सांसदलाई निर्वाचन विशेष कार्यक्रममार्फत एक करोड छुट्याएको बताए । उनले भने, ‘मेरो पनि चाहना सांसदले बजेट खर्चमा भुलिनुहँुदैन भन्ने हो, तर सबैको त्यही माग भएकाले नचाहँदा–नचाहँदै पनि टार्न सक्ने अवस्था रहेन, तर हामी दुरुयोग हुन दिनेछैनौँ ।’ 

मन्त्री आङ्बोले चालू वर्षमा ८० प्रतिशत बजेट खर्च गर्न सफल हुने र आगामी वर्ष त्योभन्दा बढी खर्च हुने बताए । प्रदेश १ ले आगामी वर्षका लागि ३९ अर्ब ४३ करोड ८३ लाख बजेट सार्वजनिक गरेको छ । आर्थिक मामिला मन्त्रालयका सचिव सुमन दाहालका अनुसार प्रस्तावित बजेटमा चालूतर्फ १५ अर्ब सात करोड ८५ लाख र पुँजीगततर्फ २१ अर्ब ५० करोड ८४ लाख विनियोजन गरिएको छ ।