१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २ बिहीबार १९:३२:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

गैरआवासीय नेपालीहरूको नागरिकता समस्या यथाशीघ्र सम्बोधन हुन्छ : प्रधानमन्त्री देउवा

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २ बिहीबार १९:३२:००

प्रधानमन्त्री शेरबहादुर देउवाले गैरआवासीय नेपालीहरूको नागरिकता समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन् । बिहीबार गैरआवासीय नेपाली संघले काठमाडौंमा आयोजना गरेको नागरिकता, लगानी तथा वैदेशिक रोजगारीसम्बन्धी सेमिनारलाई सम्बोधन गर्दैै देउवाले गैरआवासीय नेपालीहरूको नागरिकताको समस्यालाई यथाशीघ्र सम्बोधन गर्ने प्रतिबद्धता जनाएका हुन् । 

उनले गैरआवासीय संघले गैरआवासीय नेपालीको नागरिकताका विषयलाई जतिसक्दो चाँडो सम्बोधन गर्न आग्रह गर्दै आएकाले सरकारले सबै पक्षसँग समन्वय गरी सम्बोधन गर्ने आश्वासन दिए । देउवाले गैरआवासीय नेपालीहरूलाई आफूसँग भएको सीप र पुँजी नेपालको विकासमा लगाउन आह्वानसमेत गरे । 

उनले भने, ‘नेपाल मातृभूमि भएका र संसारभरि छरिएर रहेका नागरिकलाई मातृभूमिप्रतिको दायित्व निर्वाह गर्न र डलर खाता खोलेर तथा वचत-पत्र किनेर पाइदा उठाउन अपिल गर्दछु । गैरआवासीय नेपाली संघको जायज मागप्रति सरकार संवेदनशील छ । गैरआवासीय नेपालीहरूको नेपाल आगमनमा सहजीकरणदेखि लिएर लगानी संरक्षणप्रति सरकारले आवश्यक सहजीकरण गर्नेछ । गैरआवासीय नेपालीहरूको नागरिकताको विषय जतिसक्दो चाँडो सम्बोधन गर्ने आग्रह गर्दै आउनुभएको छ । यो विषयलाई सबै पक्षसँग समन्वय गरी यथाशीघ्र सम्बोधन गर्ने कुरा यहाँहरूलाई आश्वस्त गराउन चाहन्छु । गैरआवासीय नेपालीहरूले आफूसँग भएको सीप, पुँजी, अनुभव नेपालको विकासमा लगाउन आह्वान गर्दछु । नेपाललाई हाम्रो जीवनमा एउटा सभ्य विकसित मुलुक बनाई छाडौँ ।’