मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
नयाँ पत्रिका काठमाडौं
२०७९ असार २ बिहीबार १७:४३:००
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

एसपिपीमा नेपाल आबद्ध भएको छैन, हुँदा पनि हुँदैन : गृहमन्त्री खाण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
२०७९ असार २ बिहीबार १७:४३:००

गृहमन्त्री बालकृष्ण खाणले अमेरिकी स्टेट पार्टनरसिप प्रोग्राम (एसपिपी) मा नेपाल सरकार आबद्ध नभएको बताएका छन् । बिहीबार विनियोजन विधेयकअन्तर्गत रक्षा मन्त्रालयमाथि सांसदहरूले उठाएका प्रश्नको जवाफ दिने क्रममा खाणले एसपिपी कार्यक्रममा आबद्ध हुने सरकारको कुनै योजना नभएको दाबी गरेका हुन् । 

खाणले नेपाल सरकार एसपिपीमा आबद्ध हुने सोचमा पनि नभएको भन्दै नेपाल राष्ट्रसंघको सदस्य भएकाले कुनै पनि देशको सैन्य गठबन्धनमा जोडिन नसक्ने स्पष्ट पारे । उनले नेपालको भूमि मित्र राष्ट्रहरूलाई प्रयोग गर्न नदिन सरकार पूर्ण प्रतिबद्ध रहेको पनि बताए । 

उनले भने, ‘हाल चर्चामा रहेको अमेरिकाको स्टेट पार्टनरसिप (एसपिपी) कार्यक्रममा नेपाल आबद्ध हुने कुनै योजना छैन । यसबारेमा कुनै छलफल पनि भएको छैन । नेपाल सरकार यसमा आबद्ध हुने सोचमा पनि छैन । नेपाल राष्ट्रसंघको सदस्य भएकाले कुनै पनि देशको सैन्य गठबन्धनमा जोडिन पनि सक्दैन । नेपालको भूमि मित्र राष्ट्रहरूलाई प्रयोग गर्न नदिन सरकार पूर्ण प्रतिबद्ध रहेको छ । नेपाल संयुक्त राष्ट्रसंघको सदस्य भएकाले हामी कुनै पनि सैन्य गठबन्धनको हिस्सा बन्न सक्दैनौँ । हामी सदस्य भएका छैनौँ, सदस्य हुने कुनै सोच पनि छैन । यसमा नेपाल संलग्न हुँदैन, हुँदैन, हुँदैन ।’

खाणले सांसदहरूले  एमसिसी र एसपिपीलाई एकै ठाउँ जोडेर हेर्न नहुने पनि बताए । उनले एमसिसी नेपालको गरिबी निवारण, रोजगारी वृद्धि, भौतिकपूर्वाधारको विकास र विद्युत्, सडकमा अनुदान दिने सहमति भएको उनले बताए ।