मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १६ शुक्रबार
  • Friday, 29 March, 2024
२०७९ असार २ बिहीबार ०७:३२:००
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

महिला टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल

Read Time : < 1 मिनेट
२०७९ असार २ बिहीबार ०७:३२:००

नेपाली महिला राष्ट्रिय फुटबल टोलीको मुख्य प्रशिक्षकमा बालगोपाल महर्जन नियुक्त भएका छन् । युवा तथा खेलकुद मन्त्रालय र राष्ट्रिय खेलकुद परिषद् (राखेप)ले महर्जनलाई नेपाली राष्ट्रिय महिला टोलीको मुख्य प्रशिक्षकका रूपमा बुधबार नियुक्त गरेका हुन् ।

महिला खेलाडी अहिले नियमित प्रशिक्षणअन्तर्गत एसियन कपको तयारीका लागि प्रशिक्षणमा छन् । महर्जनको प्रशिक्षणमा नेपालले चीनमा हुने १९औँ एसियन खेलकुद प्रतियोगितामा सहभािगता जनाउँदै छ । 

सातादेखि राखेपले सुरु गरेको एसियाडको तयारीअन्तर्गत महिला फुुटबल टोलीलाई प्रशिक्षक महर्जनले प्रशिक्षण दिइरहेका छन् । मन्त्रालय तथा राखेपले दिएको जिम्मेवारीलाई सहजै स्वीकार गरेको उनले बताएका छन् । महर्जन राखेपका करार प्रशिक्षक हुन् ।

महर्जनले प्रशिक्षण करिअरमा पहिलोपटक नेपाली राष्ट्रिय महिला टोली संहाल्ने अवसर पाएका हुन् । नेपाली राष्ट्रिय फुटबल टोलीका पूर्वकप्तानसमेत रहेका महर्जनले सन् २००५ मा अन्तर्राष्ट्रिय फुटबलबाट सन्न्यास लिएका थिए । सन्न्यासपछि उनले क्लबस्तर प्रशिक्षण दिएका थिए । केही वर्ष उनी बंगलादेशको क्लबमा पनि मुख्य प्रशिक्षक रहे ।