१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १३ बिहीबार
  • Thursday, 25 April, 2024
नयाँ पत्रिका जनकपुरधाम
२०७९ असार १ बुधबार ११:३६:००
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

मधेस प्रदेशको  बजेट ३४ अर्ब

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, जनकपुरधाम
२०७९ असार १ बुधबार ११:३६:००

मधेस प्रदेश सरकारले आगामी आर्थिक वर्ष ०७९/८० को बजेट आजको प्रदेश सभा बैठकमा प्रस्तुत गर्दै छ । असार १ गते आगामी आवको बजेट ल्याउनुपर्ने व्यवस्थाअनुरूप आज दिउँसो ४ बजे बस्ने प्रदेश सभा बैठकमा प्रदेश सरकारका अर्थमन्त्री शैलेन्द्रप्रसाद साहले बजेट प्रस्तुत गर्ने प्रदेश सभा सचिवालयका सचिव रञ्जितकुमार यादवले जानकारी दिए । 

चालू आव ०७८/७९ भन्दा आगामी आव ०७९/८० को बजेटको आकारमा वृद्धि हुने अर्थ मन्त्रालयले जनाएको छ । प्रदेश सरकारको चालू आवको बजेट ३४ रुपैयाँ अर्ब रहेको छ । वर्तमान सरकारको यो अन्तिम बजेट भएकाले पनि चालू आवको भन्दा आगामी आवको बजेटको आकार बढ्न सक्ने अर्थ मन्त्रालय स्रोतले जनाएको छ ।

आगामी आर्थिक वर्षको बजेटको आकार चालू आवको खर्चमा भर पर्नेछ । चालू आवमा करिब ७० प्रतिशत बजेट खर्च हुने अनुमान गरिएको छ ।