मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८० चैत १५ बिहीबार
  • Thursday, 28 March, 2024
नयाँ पत्रिका काठमाडाैं
२०७९ असार १ बुधबार ०८:५२:००
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

ट्रिनिटी कलेजका सुरक्षागार्डमाथि खुकुरी प्रहार, चार विद्यार्थी पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
२०७९ असार १ बुधबार ०८:५२:००

काठमाडौंको कालिकास्थानस्थित ट्रिनिटी कलेजमा कार्यरत सुरक्षागार्डमाथि खुकुरी प्रहार भएको छ । घटना थाहा पाउनेबित्तिकै प्रहरी वृत्त सिंहदरबारबाट प्रहरी अधिकृतको टोली घटनास्थल पुगेको थियो । आक्रमणपछि उनलाई मोडल अस्पताल लगिएको र उपचारपछि घर पठाइएको प्रहरीले जनाएको छ । 

उनीमाथि  सोही कलेजका मानविकी संकायमा कक्षा ११ मा अध्ययनरत जोसेन बानियाँ, बिपिन खत्री, प्रतीक खतिवडा र सञ्जीव भण्डारी ‘अनमोल’ले  आक्रमण गरेको प्रहरीको भनाइ छ ।

१० दिनअघि कलेजमा बास्केटबल खेल्दा भएको विवादको विषयमा कलेजमा दुई पक्षबीच झगडा हुन खोजेपछि सुरक्षागार्ड छुट्याउन गएका थिए । त्यसपछि आक्रामक समूह गार्डमाथि आक्रमण गरेर फरार भएको र प्रहरीले खोजी गरी पक्राउ गरेको जनाइएको छ ।